प्रहरी हिरासतमा रहेका सैनिक जवानको मृत्यु « Khabarhub

प्रहरी हिरासतमा रहेका सैनिक जवानको मृत्यु


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– प्रहरी नियन्त्रणमा रहेका सैनिक जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयअन्तर्गतको अस्थायी प्रहरी पोस्ट फिस्लिङमा राखिएका एकजना सैनिक जवानको मृत्यु भएको हो ।

चितवनको मुग्लिन घर भएका सैनिक जवान २८ वर्षीय राम कँडेलको प्रहरी नियन्त्रणमा नै रहेको अवस्थामा मृत्यु भएको हो ।

शनिबार दिउँसो प्रहरीद्वारा नियन्त्रणमा लिइएका कँडेलको आइतबार बिहान मृत्यु भएको जनाइएको छ ।

शनिबार राति इच्छाकामना मन्दिरमा लागेको मेलामा प्रहरीमाथि नै अभद्र व्यवहार गरेको आरोपमा कँडेल पक्राउ परेका थिए ।

कँडेल सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत थिए । शनिबार राति नियन्त्रणमा लिइएका उनलाई अस्थायी प्रहरी पोस्ट फिस्लिङमा राखिएको थियो । प्रहरी पोस्टमा रहेका कँडेल त्यहाँबाट भाग्ने क्रममा लडेर गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका कँडेलको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

प्रहरी हिरासतमा रहेका कँडेलको मृत्यु भएपछि स्थानीयबासीले आन्दोलनमा उत्रिएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका–३ का स्थानीयले पृथ्वी राजमार्ग अवरोध गरेका हुन् ।

स्थानीयहरुले भने प्रहरीको कुटपिटका कारण कँडेलको मृत्यु भएको बताएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १ : ४० बजे

नेपाली सेना र अमेरिकन सेनाको संयुक्त बैठक आजदेखि 

काठमाडौँ – नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाको संयुक्त

आजको मौसम : तीनवटा प्रदेशमा पानी पर्ने

काठमाडौँ – हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य

यस्तो छ, आज सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज चैत १३ गते सोमबारका

सोमबार व्रत बस्ने चलन कसरी सुरु भयो ?

सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै पौराणिक तथा धार्मिक

आज २०७९ साल चैत १३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत १३ गते सोमबार ।