प्रहरी हिरासतमा रहेका सैनिक जवानको मृत्यु « Khabarhub

प्रहरी हिरासतमा रहेका सैनिक जवानको मृत्यु


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– प्रहरी नियन्त्रणमा रहेका सैनिक जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयअन्तर्गतको अस्थायी प्रहरी पोस्ट फिस्लिङमा राखिएका एकजना सैनिक जवानको मृत्यु भएको हो ।

चितवनको मुग्लिन घर भएका सैनिक जवान २८ वर्षीय राम कँडेलको प्रहरी नियन्त्रणमा नै रहेको अवस्थामा मृत्यु भएको हो ।

शनिबार दिउँसो प्रहरीद्वारा नियन्त्रणमा लिइएका कँडेलको आइतबार बिहान मृत्यु भएको जनाइएको छ ।

शनिबार राति इच्छाकामना मन्दिरमा लागेको मेलामा प्रहरीमाथि नै अभद्र व्यवहार गरेको आरोपमा कँडेल पक्राउ परेका थिए ।

कँडेल सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत थिए । शनिबार राति नियन्त्रणमा लिइएका उनलाई अस्थायी प्रहरी पोस्ट फिस्लिङमा राखिएको थियो । प्रहरी पोस्टमा रहेका कँडेल त्यहाँबाट भाग्ने क्रममा लडेर गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका कँडेलको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

प्रहरी हिरासतमा रहेका कँडेलको मृत्यु भएपछि स्थानीयबासीले आन्दोलनमा उत्रिएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका–३ का स्थानीयले पृथ्वी राजमार्ग अवरोध गरेका हुन् ।

स्थानीयहरुले भने प्रहरीको कुटपिटका कारण कँडेलको मृत्यु भएको बताएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १ : ४० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले