मेरा फिल्म हेर्ने ८० प्रतिशत दर्शक विदेशमा हुनुहुन्छ: आर्यन सिग्देल « Khabarhub

मेरा फिल्म हेर्ने ८० प्रतिशत दर्शक विदेशमा हुनुहुन्छ: आर्यन सिग्देल


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता आर्यन सिग्देल र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको फिल्म ‘हजार जुनीसम्म’ व्यावसायिक रुपमा असफल भयो । साउन ३० मा प्रदर्शनमा आएको यो फिल्मबाट आर्यन र स्वस्तिमा दुवै आशावादी थिए ।

फिल्म ‘कर्मसियल्ली हिट’ बन्न सकेन । यही बीचमा स्वस्तिमाले अभिनय गरेको फिल्म ‘घामड शेरे’ प्रदर्शनमा आयो । छोटो समयको अन्तरालमा स्वस्तिमाका दुई फिल्म रिलिज भए । दुवै असफल रहे ।

यतिबेला आर्यन सिग्देल पुनः पर्दामा देखिँदैछन् फिल्म ‘चच हुई’ मार्फत । यो फिल्मबाट आर्यन आशावादी छन्, जति आशावादी ‘हजार जुनीसम्म’ बाट थिए ।

‘हजार जुनीसम्म’ असफल भए पनि आर्यन भने यो फिल्म हेरेका दर्शकले राम्रो लागेको प्रतिक्रिया दिएको बताउँछन् ।

‘फिल्म राम्रो छ त, हेर्ने दर्शकले नराम्रो छ भनेको छ र?,’ आर्यनले भने ।

फिल्मले बक्स अफिसमा सोचेको जस्तो कलेक्सन नगरे तापनि फिल्मको प्रतिक्रियाले निर्मातालाई खुशी बनाएको आर्यनको दाबी छ ।

उनले भने, ‘सिनेमा राम्रो थियो, शायद मार्केटिङ र पब्लिसिटी पुगेन होला, बजेट हाइ हुँदा पनि कलेक्सन कम भयो ।’

आर्यनले आफूले अभिनय गरेका फिल्मको बजेट यत्तिकै बढ्दै जानेप्रति पनि उनी आश्चर्य मान्छन् ।

आर्यनले जब फिल्म क्षेत्रमा डेब्यु गरेका थिए, उनको क्रेज ह्वात्तै बढेको थियो । दशकौँसम्म उनले हिट फिल्म दिए । यतिबेला भने आर्यनको बजार कम भएको छ । तर, आर्यन भने यो कुरा स्वीकार्न तयार छैनन् ।

‘त्यतिबेला बक्स अफिसमा कलेक्सन अहिलेको भन्दा कम हुँदा पनि धेरै देखिन्थ्यो, अहिले पनि घाटामा गएको भन्न चाहिँ मिल्दैन, तुलनात्मक रुपमा कम व्यापार गरेका होलान्,’ आर्यनले भने ।

उनले आफ्ना समकालीन कलाकार र ८० प्रतिशत दर्शक विदेशमा भएकाले पनि आफ्ना फिल्म हेर्ने दर्शक कम भएको बताए । ‘मलाई लाग्छ, मेरा ८० प्रतिशत दर्शक र समकक्षी साथीहरू विदेशमा हुनुहुन्छ, अहिले नयाँ कलाकार यो क्षेत्रमा आउनुभएको छ, उहाँहरुका पनि आफ्नै फ्यान हुनुहुन्छ,’ आर्यनले भने ।

फिल्म ‘चच हुई’ मार्फत दर्शकमाझ आउन लागेका आर्यनले यो फिल्मको कथा मन परेर काम गरेको बताए ।

‘साम्तेन (भुटिया) दाइसँग पहिले पनि भेट भएको थियो, उहाँले कुनै फिल्ममा सँगै काम गर्ने प्रस्ताव गर्नुभएको थियो, मैले पनि हुन्छ भनेको थिएँ,’ आर्यनले अगाडि थपे, ‘उहाँलाई फरक धारका फिल्म बनाउने निर्देशकका रुपमा पनि लिइन्छ, त्यसमाथि उहाँले अझ कमेडी जनराको फिल्ममा अफर गर्नुभएको थियो, जुन मैले गरिरहेका फिल्मभन्दा फरक हो ।’

‘चच हुई’ मा आर्यन सिग्देलले नायिका मिरुना मगरसँग रोमान्स गरेका छन् । आर्यन र मिरुनाका अलावा भोलाराज सापकोटा, माओत्से गुरुङ लगायतका कलाकारको शीर्ष भूमिका छ ।  फिल्म मंसिर ६ गते अर्थात आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  २ : ३४ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,