प्रधानमन्त्री भेट्न बालुवाटार पुगे सचिन « Khabarhub

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे सचिन


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा रहेका भारतीय क्रिकेटर सचिन तेन्दुलकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

सचिन प्रधानमन्त्री ओलीलाई भेट्न आइतबार मध्याह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीसँगको भेटका क्रममा सचिनले नेपालमा क्रिकेटको संभावनाका बारेमा पनि चर्चा गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्यान्डलमा जनाइएअनुसार सचिनले बालबालिकाको अधिकार र कल्याणका लागि नेपालले गरेको प्रयासका सम्बन्धमा समेच प्रसंशा गरेका थिए ।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)का सद्भावना दूत रहेका सचिन शुक्रबार राति नेपाल आइपुगेका थिए ।

सचिनले शनिबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बालबालिकासँग क्रिकेट समेत खेलेका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  २ : २६ बजे

नक्कली शरणार्थी प्रकरण : भण्डारी र दुलाललाई चार-चार वर्ष कैद

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार केशवप्रसाद दुलाल र

टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना

काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई

पूर्व गृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई नक्कली भुटानी शरणार्थी