यी हुन् सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्था « Khabarhub

यी हुन् सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्था


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गत आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।

८ औं राष्ट्रिय कर दिवसको अवसर पारेर सरकारले व्यक्ति तथा संस्था गरी १५ करदातालाई सम्मान गरेको हो ।

गत आर्थिक वर्षमा व्यक्तिगत तर्फ सबैभन्दा बढी कर तिर्नेमा व्यवसायी सिद्धार्थ राणा परेका छन् । उनी पछिल्लो ६ वर्षदेखि लगातार सबैभन्दा धेरै कर तिर्ने व्यक्तिका रुपमा सरकारबाट सम्मानित हुँदै आएका छन् ।

राणा नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अध्यक्ष हुन् । राणाको होटेल सोल्टीमा समेत लगानी छ ।

संस्थागततर्फ सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल रहेको छ । निर्याततर्फ बहुराष्ट्रिय कम्पनी डाबर नेपाल रहेको छ ।

सबैभन्दा बढी कर तिर्नेमा उद्योगतर्फ ( मदिरा र चुरोटबाहेक) जगदम्बा स्टिल, कृषि तर्फ अन्नपूर्ण एग्रो, वाणिज्य बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंक, लघुवित्ततर्फ छिमेक लघुवित्त, बीमातर्फ नेपाल लाईफ इन्स्योरेन्स, स्वास्थ्यतर्फ मणिपाल एजुकेशन, सूचना तथा सञ्चारतर्फ वल्र्डलिङ्क नेपाल, व्यापार तथा व्यवसायतर्फ अग्नि इन्कर्पोरेट, पर्यटनतर्फ तारागाउँ रिजेञ्सी छन् ।

यस्तै, मध्यमस्तरीय कर तिर्नेमा कामना सेवा विकास बैंक रहेको छ । यस्तै सबैभन्दा बढी मूल्य अभिबृद्धि कर (भ्याट) तिर्ने तथा समयमै सम्पूर्ण विवरण बुझाउनेमा घोराही सिमेन्ट रहेको छ ।

अन्तरिक राजश्वको क्षेत्रमा रहेर सबैभन्दा बढी कर तिर्नेमा भीएफ सर्विस मोरिसस प्रालि रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

उत्कृष्ट करदाताहरुलाई अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मान गरेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ३ : १७ बजे

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन

फोहरबाट मोहर : व्यासले कमायो १७ लाख

तनहुँ– व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा १७ लाख

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी

मदिरा पिएरसवारी साधन हुइँक्याइरहेका नौ चालक कारबाहीमा

काठमाडौं– मदिरा पिएर सडकमा सवारी साधन हुइँक्याइरहेका नौ जना चालक