‘म यस्तो गीत गाउँछु २’ मा हेर्नुस् पल र पूजाको जोडी (तस्वीरमा) « Khabarhub

‘म यस्तो गीत गाउँछु २’ मा हेर्नुस् पल र पूजाको जोडी (तस्वीरमा)


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लभस्टोरी फिल्म मेकिङमा छुट्टै छाप छोड्न सफल निर्देशक सुदर्शन थापाको निर्देशनमा तयार भइरहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को सेटबाट केही तस्वीर सार्वजनिक गरिएका छन् । ती तस्वीरमा फिल्मका शीर्ष कलाकार पल शाह र पूजा शर्मालाई देख्न सकिन्छ ।

संगीतकार अर्जुन पोखरेलको संगीतमा तयार भएको ‘तिम्रो घरको वरिपरि’ बोलको गीत छायांकनका क्रममा खिचिएका केही तस्वीर सार्वजनिक गरिएको हो । तस्वीरमा पल र पूजाको रोमान्स देख्न सकिन्छ ।

निर्माण टिमका अनुसार यो गीतको छायांकनका लागि ५ सय कोरस राखिएको छ । गीतमा अस्मिता अधिकारी र सोनम तोप्देनको स्वर सुन्न सकिन्छ ।

रामजी लामिछानेले कोरियोग्राफी गरिरहेको यो गीतको भिडियोमा सौरभ लामाको छायांकन छ । झण्डै ७ दिन लगाएर भिडियोको शूटिङ गरिएको हो ।

‘म यस्तो गीत गाउँछु’ को सफलतापछि सोही फिल्मका शीर्ष कलाकारलाई लिएर निर्माण गरिएको फिल्म ‘म यस्तो गाउँछु २’ पनि लभस्टोरी फिल्म हुनेछ । फिल्ममा पल शाह र पूजा शर्माको रोमान्स देख्न सकिनेछ ।

शिवम अधिकारीले लेखेको फिल्ममा दिनेश डिसी, हरिहर शर्मा लगायतका कलाकारको पनि शीर्ष भूमिका रहनेछ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ३ : ५३ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक