अण्डामा किन रगतको थोप्ला हुन्छ ? खान मिल्छ कि मिल्दैन जानी राखौँ « Khabarhub

अण्डामा किन रगतको थोप्ला हुन्छ ? खान मिल्छ कि मिल्दैन जानी राखौँ


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बिहानको नास्ताका लागि यदि कुनै खानेकुरा खोज्ने हो भने सबैभन्दा पहिला अण्डाकै नाम आउँछ । विश्वमा नै बिहानको नास्ताका लागि स्वस्थबर्धक नास्ताको विकल्पमा अण्डालाई लिइन्छ ।

अण्डा स्वस्थबर्धकमात्रै नभइ स्वादिलो पनि हुन्छ । यसलाई फ्राइ, अमलेट, करीलगायत जस्तो सुकै तरिकाबाट विभिन्न परिकार बनाएर खान सकिन्छ । तर यति हुँदाहुँदै पनि हिजोआज प्रदुषण तथा मिसावटको प्रभाव हरेक चिजमा पर्न थालेको छ । र, यसमा अण्डा पनि अछुतो छैन ।

तपाईंले अण्डाको रानी अर्थात पहेलो भागमा रातो दाग वा रगतको थोपा जस्तो देख्नु भएको होला । मानिसहरुले यस्तो देखेमा बिग्रिएको अण्डा भन्ने ठानेर फाल्दिने गर्छन् । तर जानी राख्नुहोस्, अण्डामा यस किसिमको रगतको थोपा हुन्छ । रगत भन्ने बित्तिकै सबैलाई एक किसिमको त्रास हुन्छ । वास्तवमै यस्ता किसिमको अण्डा खानु हुन्छ त ?

कसरी आउँछ अण्डामा रगत

यदि तपाईंलाई अण्डा मन पर्छ भने यस्ता कुराले तपाईंको मनमा नकारात्मक सोच आउन सक्छ । तर वास्तविकता बुझ्ने हो भने अण्डामा रगतको थोप्ला हुन्छ नै । कुखुराको शरीरमा अण्डा विकास हुने प्रक्रियाको क्रममा प्राकृतिक रुपमा नै रगतको थोप्ला परेको हुन्छ ।

अण्डाको पहेलो भागमा देखिने रगतको थोप्ला प्राकृतिक रुपमा नै आउने भएकाले बिग्रिएको अण्डा भन्ने भ्रम त्याग्नुहोस् ।

के यस्ता अण्डा खान मिल्छ ?

धेरैजसो मानिस यस्ता अण्डालाई बिग्रिएको ठानेर फाल्दिने गर्छन् । युनाइटेड स्टेट्स डिपार्टमेन्छ अफ एग्रिकल्चर (युएसडीए) को एक रिपोर्टअनुसार यस्ता अण्डालाई राम्रोसँग पकाएर खाँदा हुनै असर गर्दैन । तर, राम्रोसँग नपकाउने हो भने साल्मोनेलोसिसको खतरा हुनेछ ।

जुन साल्मोनेला ब्याक्टेरियाका कारण हुन्छ । यसले पेटमा दुखाई, झाडापखला तथा रुघाँखोकी जस्ता विभिन्न स्वास्थ्यमा समस्या आउनेछ ।

अण्डा बिग्रिएको छ छैन यसरी थाहा पाउनुहोस्

तपाईं अण्डा राम्रो छ वा छैन भन्ने थाहा पाउन चाहनु हुन्छ भने त्यसलाई फुटाउनुहोस् । यदि अण्डाको रंग हल्का हरियो वा गुलाबी देखियो भने त्यसलाई नखानुहोस् । त्यस्तो अण्डा बिग्रिएको हुन्छ ।

अण्डा राम्रो छ वा छैन भन्ने जाँच गर्नलाई एउटा भाडो वा बोलमा चिसो पानी राख्नुहोस् । त्यसमा अण्डा हाल्नुहोस्, यदि अण्डा पानीमा डुब्यो भने खानलाई उपयुक्त छ भन्ने जान्नुहोस् । पानीमा अण्डा तैरियो भने बिग्रिएको छ भन्ने जान्नुहोस् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ४ : २० बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान