माथिल्लो त्रिशुली थ्री ‘ए’ को सोमबार औपचारिक उद्घाटन हुने | Khabarhub Khabarhub

माथिल्लो त्रिशुली थ्री ‘ए’ को सोमबार औपचारिक उद्घाटन हुने


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ६० मेघावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ‘ए’ विद्युत परियोजना सोमबार औपचारिक उद्घाटन हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार ९ महिना पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने आयोजनाबाट हिउँदका तीन महिना ४५ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

गत चैतदेखि नियमित विद्युत् उत्पादन शुरु गरेको आयोजनाको सोमबार औपचारिकरूपमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेमा उपस्थित भएर आयोजनाको उद्घाटन गर्न लागिएको हो ।

आयोजनाको दोस्रो युनिटले पनि गत साउन १५ गतेदेखि परीक्षण उत्पादन शुरु गरेको थियो । झण्डै लागत १२ अर्ब ६० करोड रुपैयाँमा निर्माण सम्पन्न भएको सरकार र विद्युत् प्राधिकरणको लगानी रहेको छ ।

२०६७ साल जेठ १४ गते चिनिया कम्पनीसँग ठेक्का सम्झौता भएपनि झण्डै १० वर्षपछि आयोजना निर्माण भएको हो । २०७१ जेठ १७ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको आठ अर्ब ९१ करोड ७८ लाखमा सम्झौता भएपनि चिनिया कम्पनीले समयमा काम नगर्दा लागत बढेको हो ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ५ : २५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’