तीन वटा मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा « Khabarhub

तीन वटा मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विद्यार्थीबाट सरकारले निर्धारण गरेकोभन्दा बढी शुल्क लिएको आरोप लागेका तीन वटा मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारको छ ।

शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानविन थालेको हो । त्यसक्रममा आइतबार नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा छापा मारिएको स्रोतले बताएको छ ।

‘सम्पत्ति शुद्धीकरणमा मेडिकल कलेजमाथि अनुसन्धान थालिएको हो’ मन्त्रालय स्रोतले भन्यो, ‘विभागलाई यस विषयमा कुनै पनि सम्झौता नगर्ने गरी काम गर्न भनिएको छ ।’

निजी मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै केही महिना यता विद्यार्थीहरु आन्दोलनरत छन् । सरकारले पनि अतिरिक्त शुल्क फिर्ता वा मिलान गर्न पटक पटक निर्देशन दिएको छ । तर मेडिकल कलेजहरुले उल्टै सरकारलाई तालाचाबी बुझाउने धम्की दिएपछि सरकारले ठगीमा मुद्दा चलाउने तयारीसमेत गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ५ : ५४ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री