सागको ‘ब्रोडकास्टिङ राइट’ विदेशी कम्पनीलाई, पत्रकारले फोटो खिच्न नपाउने ! « Khabarhub

सागको ‘ब्रोडकास्टिङ राइट’ विदेशी कम्पनीलाई, पत्रकारले फोटो खिच्न नपाउने !


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ सम्म हुने दक्षिण एसियाली खेलकुद (साग) प्रसारण अधिकार विदेशी च्यानललाई बेचिएको छ ।

दक्षिण एसिया ओलम्पिक काउन्सिलको इतिहासमै पहिलो पटक सागको प्रसारण अधिकार विदेशी कम्पनीलाई बेचिएको हो । उक्त प्रसारण अधिकार ८ करोड नेपाली रूपैयाँ बेचिएको जनाइएको छ ।

आइतबार दक्षिण एसिया ओलम्पिक काउन्सिल र नक्षेत्र न्यूज मिडियाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा दक्षिण एसिया ओलम्पिक काउन्सिलका महासचिव निलेन्द्रराज श्रेष्ठ र एमके मिडिया भेन्चरद्वारा सञ्चालित नक्षेत्र न्युजका सीएमडी प्रभात रन्जन मलिकले हस्ताक्षर गरे।

यो सँगै सागका २७ वटै खेलको लाइभ अन्तर्राष्ट्रिय टेलिभिजनहरुमा समेत हुने बताइएको छ । एमके न्युजमा मलिकले १५ टेलिभिजनबाट लाइभ दिने बताएका छन् ।
नेपालको हकमा भने नेपाल टेलिभिजनले लाइभ दिनेछ । एमके न्यूजसँगको सहकार्यमै नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

सागको समाचार संकलनमा खटिने पत्रकारहरुमाथि भने केही कडा नियम बनाइएको छ । उनीहरुले मिडिया सेन्टरबाट मात्र तस्वीरहरु लिनुपर्ने छ । त्यसैगरी फोटो पत्रकारका हकमा अफिसिय बाहेक अन्यलाई तस्वीर खिच्न निषेध गरिएको छ ।

अफिसियलको रुपमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटिले आफ्ना प्रतिनिधिहरुलाई खटाउने छ । अफिसियल फोटोग्राफरले खिचेका तस्बिर मिडिया सेन्टर मार्फत् उपलब्ध हुने राखेप सदस्य सचिव रमेशकुमार सिलवालले बताए ।

‘ब्रोडकास्टिङ राइट’ एमओयू हस्तार कार्यक्रममा संञ्चारकर्मीहरुले स्वतन्त्र रुपमा फोटो खिच्न पाउनुपर्ने माग राखे पनि एमकेका सीएमडी मलिकले त्यसलाई नकारेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ६ : ०८ बजे

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा

सदनबाट विपिन र अमरेशले घेरे आफ्नै सरकारलाई

काठमाडौं- बारामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई