सागको ‘ब्रोडकास्टिङ राइट’ विदेशी कम्पनीलाई, पत्रकारले फोटो खिच्न नपाउने ! « Khabarhub

सागको ‘ब्रोडकास्टिङ राइट’ विदेशी कम्पनीलाई, पत्रकारले फोटो खिच्न नपाउने !


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ सम्म हुने दक्षिण एसियाली खेलकुद (साग) प्रसारण अधिकार विदेशी च्यानललाई बेचिएको छ ।

दक्षिण एसिया ओलम्पिक काउन्सिलको इतिहासमै पहिलो पटक सागको प्रसारण अधिकार विदेशी कम्पनीलाई बेचिएको हो । उक्त प्रसारण अधिकार ८ करोड नेपाली रूपैयाँ बेचिएको जनाइएको छ ।

आइतबार दक्षिण एसिया ओलम्पिक काउन्सिल र नक्षेत्र न्यूज मिडियाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा दक्षिण एसिया ओलम्पिक काउन्सिलका महासचिव निलेन्द्रराज श्रेष्ठ र एमके मिडिया भेन्चरद्वारा सञ्चालित नक्षेत्र न्युजका सीएमडी प्रभात रन्जन मलिकले हस्ताक्षर गरे।

यो सँगै सागका २७ वटै खेलको लाइभ अन्तर्राष्ट्रिय टेलिभिजनहरुमा समेत हुने बताइएको छ । एमके न्युजमा मलिकले १५ टेलिभिजनबाट लाइभ दिने बताएका छन् ।
नेपालको हकमा भने नेपाल टेलिभिजनले लाइभ दिनेछ । एमके न्यूजसँगको सहकार्यमै नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

सागको समाचार संकलनमा खटिने पत्रकारहरुमाथि भने केही कडा नियम बनाइएको छ । उनीहरुले मिडिया सेन्टरबाट मात्र तस्वीरहरु लिनुपर्ने छ । त्यसैगरी फोटो पत्रकारका हकमा अफिसिय बाहेक अन्यलाई तस्वीर खिच्न निषेध गरिएको छ ।

अफिसियलको रुपमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटिले आफ्ना प्रतिनिधिहरुलाई खटाउने छ । अफिसियल फोटोग्राफरले खिचेका तस्बिर मिडिया सेन्टर मार्फत् उपलब्ध हुने राखेप सदस्य सचिव रमेशकुमार सिलवालले बताए ।

‘ब्रोडकास्टिङ राइट’ एमओयू हस्तार कार्यक्रममा संञ्चारकर्मीहरुले स्वतन्त्र रुपमा फोटो खिच्न पाउनुपर्ने माग राखे पनि एमकेका सीएमडी मलिकले त्यसलाई नकारेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ६ : ०८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप