उपनिर्वाचनले पनि नेकपाको पक्षमा जनउभार ल्याउँछ : अध्यक्ष प्रचण्ड « Khabarhub

उपनिर्वाचनले पनि नेकपाको पक्षमा जनउभार ल्याउँछ : अध्यक्ष प्रचण्ड


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र राष्ट्रिय एकतालाई मजबुत बनाउने उद्देश्यका साथ आफूहरुले पार्टी एकता गरेको पुनःस्मरण गरेका छन् ।

राष्ट्रिय युवा सङ्घको राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै उनले राष्ट्रिय आवश्यकताका आधारमा गरिएको एकतालाई जीवन्त बनाउन र आम जनताको बीचमा लैजान युवालाई आग्रह गरे ।

उनले एकीकृत पार्टीलाई थप समृद्ध बनाएर लैजान युवा नेतृत्वले विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै भने, “पार्टी र सरकारले अगाडि सारेको समाजवादको आधार तयार पार्ने अवधारणालाई वास्तविकरुपमा लागू गर्न प्रतिबद्ध भएर लाग्नुस् ।”

जनताको जनतवाद र एक्साइसौँ शताब्दीको जनवादलाई थप परिमार्जन गरी नेपालको विशिष्ठतामा समृद्ध पार्दै लैजाने लक्ष्यका साथ तत्कालिक कार्यक्रमका रुपमा समाजवादउन्मुख जनताको जनवाद कार्यक्रम तय गरिएको अध्यक्ष प्रचण्डको भनाइ छ ।

संसारभरबाट नेपाललाई हेरिरहेको दृष्टान्त पेश गर्नुहुँदै उनले राष्ट्रिय अन्तरराष्ट्रिय परिवेशका आधारमा नेकपालाई थप परिस्कृत र विकसित बनाएर लैजाने सोचमा आफूहरु रहेको बताए । उनले नेपालको प्राकृतिक स्रोत साधनलाई अधिकतम प्रयोग गर्ने, मानवीय स्रोत साधनको अधिकतम प्रयोग गरी भौतिक पूर्वाधारको विकासमा लागिपरेको बताए । विकास निर्माणको कामले गति लिएको चर्चा गर्दै अध्यक्ष प्रचण्डले द्रत गतिको रेलमार्ग, खनिज स्रोतको विकास, श्रमको सम्मान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सङ्घीय, प्रदेश र स्थानीय सरकार नेकपाको नै भएकाले युवालाई अब उत्पादनतर्फ केन्द्रित गरिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, “विकास निर्माणको कामलाई अगाडि बढाउन मैले विगतदेखि भन्दै आएको उत्पादन बिग्रेड निर्माण गर्नुपर्छ ।” युवा स्वरोजगार कार्यक्रमलाई समेत युवाले विशेष ध्यान दिएर जान निर्देशन दिँदै उनले सडक निर्माण, श्रम शिविर सञ्चालन तथा अन्य व्यावसायिक काम शुरु गर्नसमेत ध्यानाकर्षण गराए ।

उनले विचारको रक्षा, विकास, समाजवाद निर्माण गर्दै विश्व समुदायलाई एकीकृत गर्ने योजनाका साथ लाग्न युवा सङ्घलाई विशेष ध्यानाकर्षण गराए । उनले वर्तमान सरकारले गरेको सकारात्मक कामलाई जनताको बीचमा लैजाँदै उपनिर्वाचनलाई नेकपाको पक्षमा पार्नसमेत उनले युवालाई निर्देशन दिए। उनले उपनिर्वाचनले नेकपाको पक्षमा नयाँ जनउभार ल्याउने भन्दै इमान्दार भएर परिचालित हुनसमेत आग्रह गरे ।

उपनिर्वाचनले जनताका पक्षमा नै नेकपाको सरकारले काम गरिरहेको छ भन्ने तथ्य स्थापित गर्ने भएकाले निर्वाचनमा अनुशाासित भएर परिचालित हुन र नेकपाका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । अध्यक्ष प्रचण्डले भने, “आजसम्म प्राप्त भएको जानकारीअनुसार उपनिर्वाचन हुन लागेका करीब ८० प्रतिशत बढी स्थानमा नेकपाले जित हासिल गर्छ । त्यसलाई थप भव्यरुपमा सफल बनाउन युवा सङ्घको भूमिका महत्वपूर्ण छ ।”

कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड तथा तत्कालीन युवा सङ्घ नेपाल र वाइसिएल नेपालका नेतालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १० : ३० बजे

पाँच दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीद्वारा आव्हान गरिएको राजनीतिक दल, निर्वाचन आयोग,

मधेशमा कांग्रेसका यादव मुख्यमन्त्री बन्दै, सात दलको तर्फबाट दाबी पेश

जनकपुरधाम- नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशको

लुम्बिनी लायन्सका शेरको शिकार भए जनकपुर बोल्ट्सका कंसाकार

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले

कृषिमन्त्री परियार र राजदूत छन सोङबीच भेटवार्ता

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री  डा मदनप्रसाद परियार र नेपालका लागि

नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो

काठमाडौं– पछिल्लो समय प्रदर्शन भएका नेपाली चलचित्रलाई दर्शकले साथ दिइरहेका