सेनाका जवान कँडेलको मृत्यु प्रकरणमा परिवारबाट किटानी जाहेरी « Khabarhub

सेनाका जवान कँडेलको मृत्यु प्रकरणमा परिवारबाट किटानी जाहेरी


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीबाट हाम फालेर मृत्यु भएको भनिएका नेपाली सेनाका जवान राम कँडेलका परिवारले किटानी जाहेरी दर्ता गराएका छन् ।

अस्थायी प्रहरी चौकी फिस्लिङमा कार्यरत प्रहरी जवान ठाकुर ढकालका नाममा मृतकका परिवारले हत्याको आशंका गर्दै किटानी जाहेरी दर्ता गराएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले किटानी जाहेरी परेको र ढकाललाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जानकारी दिए ।

इच्छकामना–५ निवासी २८ वर्षीय कँडेल फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीमा राखिएका समयमा आज बिहान बरण्डाबाट हाम फालेर घाइते भएको प्रहरीले जनाएको थियो ।

घाइते कँडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो । कँडेलको मृत्युपछि स्थानीयले हत्या भएको भन्दै आज दिउँसो तीन घण्टा पृथ्वी राजमार्ग अवरुद्ध गराएका थिए ।

मृतक कँडेलको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । मल्लका अनुसार नेपाली सेना, प्रहरी र परिवारका साथमा साँझ शव काठमाडौँ पठाइएको हो ।

प्रहरीले आज बिहान फिस्लिङ क्षेत्रमा झैझगडा गरेपछि नियन्त्रणमा लिइएका कँडेल प्रहरी चौकीको तल्लो तलाको बरण्डाबाट हामफाल्दा घाइते भएको जनाएको थियो ।

कँडेल सिन्धुलीको बर्दबहादुर गणका सिपाही हुन् । बिहान ७ः३० वजे लडेर घाइते भएका कँडेलको उपचारका क्रममा बिहान ८ः४० वजे मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारले भने हत्या भएको दाबी गर्दै जाहेरी दर्ता गराएको हो ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ८ : ३९ बजे

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बेलायत अमेरिकी ‘शान्ति बोर्ड’मा सामेल नहुने

एजेन्सी – बेलायतले डाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा