करणीको आरोप लागेपछि कार्यालय प्रमुख फरार « Khabarhub

करणीको आरोप लागेपछि कार्यालय प्रमुख फरार


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत-  सुर्खेतस्थित साल्ट टेड्रिङ कर्पोरेशन कार्यालयका प्रमुखमाथि जबरजस्ती करणीको आरोप लागेसँगै उनी फरार भएका छन् ।

स्थानीय एक युवतीले वीरेन्द्रनगरस्थित साल्ट टेड्रिङ कर्पोरेशनका प्रमुख रामबाबु गुप्ताविरुद्ध जबरजस्ती करणीको आरोप लगाउँदै जाहेरी दर्ता गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जाहेरी दर्ता लगत्तै कार्यालय प्रमुख गुप्ता फरार रहेका छन् ।

गुप्ताले कार्यालयमै बोलाएर पटकपटक यौनशोषण गरेको ती युवतीको आरोप छ । प्रहरीले एक सातादेखि फरार गुप्ताको खोजी भइरहेको बताएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले युवतीको जाहेरीका आधारमा गुप्ताविरुद्ध जबरजस्ती करणीसम्बन्धी अभियोगमा मुद्दाको प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १० : ४० बजे

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम