सागमा स्वर्ण जित्ने खेलाडीको लक्ष्य अब ओलम्पिक | Khabarhub Khabarhub

सागमा स्वर्ण जित्ने खेलाडीको लक्ष्य अब ओलम्पिक

‘पदकले देशभर चिनायो, खेलमा थप प्रगती गर्ने हौसला मिल्यो’



काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको ८ दिन पुरा भइसकेको छ। मंसिर १५ गते शुुरु भएर २४ गते दशरथ रंगशालामा समापन भएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य जित्दै इतिहास कायम गर्‍यो ।

पहिलो पटक नेपालले पदकमा अर्धशतक पुरा गरेको छ । यसअघि नेपालले सबैभन्दा धेरै काठमाडौंमै आयोजना भएको सन् १९९९ को आठौं सागमा ३१ स्वर्ण जितेको थियो । मैदानमा उल्लासपूर्ण तवरले स्वर्ण पदक जितेको नेपालका लागि खेलाडीहरुको मेहनत र परिश्रमले धेरै काम गर्‍यो ।

सागका पदक विजेता खेलाडीका लागि सरकारले प्रोत्साहन स्वरुप स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीका लागि सम्मान जनक पुरस्कारको घोषणा गरेको छ ।

सरकारले स्वर्ण विजेताका लागि व्यक्तिगततर्फ ९ लाख, रजतका लागि ६ लाख र कास्यका लागि ३ लाख र टिम इभेन्टमा स्वर्ण जित्ने खेलाडीले ५ लाख जनही पाउँनेछन् भने दुई भन्दा बढी स्वर्ण जित्ने खेलाडीले ११ लाखका दरले पुरस्कार पाउनेछन् । तर, सरकारले टि इभेन्टमा रजत र कास्य जित्नेका लागि पुरस्कारको घोषणा गरेको छैन् ।

कति खेलाडीले काठमाडौं , पोखरा र जनकपुरमा भएको सागमा पहिलो पटक सहभागिता जनाएका थिए भने कतिले दोसो र तेस्रो पटक ।

नेपालका लागि पदक विजेता खेलाडीहरु अहिले स्थानीयदेखि राष्ट्रिय सम्मानमा व्यस्त छन् भने कति खेलाडीहरु काममा फर्किइसकेका छन् ।

स्वर्ण विजेताको अनुभव छ, ‘स्वर्ण जित्नु अगाडि र पछाडि धेरै फरक पाएका छौं ।’ खबरहबले सागका स्वर्ण विजेता केही प्रतिनिधि खेलाडीको अनुभव साट्ने कोसिस गरेको छ ।

मन्डेकाजी श्रेष्ठ –कराते

मैले कराते खेल्न थालेको २५ बर्ष भयो । अहिले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्दा आफुले गरेको मेहनतको फल पाएको महसुस गरे ।

देशका लागि स्वर्ण जित्दा निकै खुसी लागेको थियो । त्यो खुसीको माहोल अहिले पनि जारी छ । सरकार र स्थानीय तहबाट सम्मान पाइरहेको छु । एक हप्ता भन्दा बढी भइसक्यो । तर, पनि मलाई हिजो आज स्वर्ण जितेको अनुभुति भइरहेको छ । ठाउँठाउँमा सम्मान कार्यक्रम भइरहेका छन् ।

मध्यपूर थिमी नगरपालिकाले पनि सम्मान गर्‍यो । नगरपरिक्रमा गराइयो । सम्मान तथा नगर परिक्रममामा स्थानीयको बाक्लो उपस्थित देख्दा आफ्नो काम प्रति अझै जिम्मेवारी थपिएको महसुस भयो । बोल्दा, हिड्दा हरेक ठाउँमा ध्यान पुर्‍याएर गर्नु परेको छ ।

वीरबहादुर महरा –तेक्वान्दो

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेपछि छुट्टै किसिमको आनन्द महसुस भयो । त्यो अहिले पनि जारी नै छ । स्वर्ण जित्नु अगाडि सामान्य आम खेलाडी थिए । सीमित व्यक्तिहरुले मात्रै चिन्दथे । तर, अहिले धेरै मान्छेले चिन्न थालेका छन् । खुसी लाग्छ ।

सरकारदेखि स्थानीय तहसम्मको सम्मान पाएको छु । खुसी लाग्छ । यस्तो सम्मानले खेल प्रति अझै जिम्मेवार बनाएको छ । सागमा स्वर्ण जितिसकेको छु । यसअघि सागमा स्वर्ण जित्ने लक्ष्य हुन्थ्यो । तर, अब एसियन गेम्समा पदक जित्ने लक्ष्य छ ।

त्यो जोश पनि भरिएको छ । मेरो घर कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छ । त्यहाँका मेयरले आइतबार फोन गरेर सम्मान तथा नगर परिक्रमाको कार्यक्रमका लागि निम्ता गर्नुभयो । यो मेरा लागि खुसीको कुरा हो । कार्यक्रममा सहभागी हुन म घर जान्छु । यसले मलाई थप जिम्मेवार बन्न सिकाएको छ ।

देविका खड्का –जुडो

स्वर्ण जित्न सकेकोमा खुसी लागिरहेको छ । सबैले राम्रो गर्‍यो भन्दै भेटेमा बधाई दिइरहनु भएको छ । निकै आनन्द लाग्छ । बर्षौदेखिको मेहनतले सार्थकता पाएको छ । घर परिवारदेखि देशले गर्व गर्ने काम गर्न सकेकोमा खुसी लागेको छ ।

स्वर्ण जित्नु अगाडि एक सामान्य खेलाडी थिए । धेरै मानिसले चिन्दैन थे । तर, सागको गोल्ड मेडलिष्ट विशेषणका रुपमा झुण्डिएको छ । यस्तै कुराहरु फरक छन् । पहिला देविका को हो भन्थे भने अहिले सागको गोल्ड मेडलिष्ट भनेर चिन्न थालेका छन् । यसमा खुसी लाग्छ ।

मेरो अबको लक्ष्य ओलम्पिक खेल्नु हो । त्यो पुरा हुन्छ हुँदैन थाहा छैन । तर, लक्ष्य ओलम्पिक खेल्ने हो । एसियन गेम्स खेलिसकेको छु । तर, ओलम्पिक खेल्ने सपना छ ।

गोपी चन्द पार्की – एथलेटिक्स

केही अघिसम्म सागको माहोल राम्रै थियो । अहिले म अभ्यासमा लागिसेको छु । सागमा पहिलो स्वर्ण जित्दा खुसी छु ।

अहिलेसम्मको मेहनत पुरा भएको छ । अबका दिनमा मेरो सामू नयाँ चुनौति छन् । मेरा लागि अबको एकमात्रै सपना र लक्ष्य भनेको म्याराथन खेल्ने छ । म्याराथन नभए खेल्छु ।

त्यो भन्दा अगाडि आउँदै गरेको टोकियो ओलम्पिकमा सहभागी हुन पाए त्यसमा राम्रो गर्छु भन्ने छ । अहिलेसम्मको रिजल्टले मैले ओलम्पिक खेल्न पाउँछु जस्तो लागिरहेको छ।

ओलम्पिक खेल्न पाए ५ हजार मिटरमा अहिलेसम्मको सबैभन्दा राम्रो रिजल्ट नेपालका राजेन्द्र भण्डारीको १४ मिनेटको छ । त्यसलाई म तोड्न चहान्छु । ओलम्पिकमा जान र ५ हजार मिटरमा खेल्न पाए म १३ मिनेटमा यो दुरी पुरा गर्न हरसम्भव प्रयास गर्नेछु ।

सञ्जु चौधरी –भारत्तोलन

सागमा स्वर्ण जितेपछि ठूला ठूला मान्छेहरुले फोन गरेर बधाई दिनुभयो । निकै खुसी छु । स्वर्णले मलाई अझै राम्रो गर्न प्रेरित गरेको छ । तर, मलाई मेरा आफ्नै मान्छेहरुले हुने नहुने कुरा लाएर कमजोर पार्न खोज्दैछन्।

अहिलेसम्म मैले संघ र प्रशिक्षक (गुरु)हरुको राम्रो साथ पाएकी छु । उहाँहरु अहिले पनि अरुका कुरा नसुन्न सुझाव दिनु हुन्छ। आफ्नो लक्ष्यमा ध्यान दिन भन्नु हुन्छ । पहिलो पटक सागमा सहभागिता जनाउँदा नै स्वर्ण जितेकाले मैले सबैको साथ पाउँन सके ओलम्पिक सम्म पुग्ने लक्ष्य छ।

म आइतबार नेपालगञ्ज जाँदैछु । उहाँहरुले सम्मान गर्नै भनेर बोलाएपनि विभागिय टोली नेपाल प्रहरीले बिदा दिएको छ । उत्साहित भएर नेपालगञ्ज जाँदैछु।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ७ : ५३ बजे

‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ दशैँमै प्रदर्शनमा ल्याइने

काठमाडौं – फिल्महरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ पूर्वनिर्धारित मिति

सोमबारदेखि फिल्म हल खुलाउने तयारी

काठमाडौं – जेन–जी आन्दोलनका कारण मंगलबारदेखि बन्द भएका फिल्महरु पुनः

स्वास्थ्य मन्त्रालयले एनएचआरसीको नयाँ भवनबाट सेवा दिने

काठमाडौं– रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले

तीन हजार ७२३ कैदीबन्दी पक्राउ, अझै १० हजार जना फरार, प्रहरीले भन्यो- सतर्कता अपनाउनू

काठमाडौं– यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका

काभ्रे प्रहरीले समात्यो विभिन्न जेलबाट फरार ३७ कैदी

काठमाडौं– जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न कारागारबाट फरार भएका ३७