रौतहटको एक सामुदायिक विद्यालयमा तोडफोड « Khabarhub

रौतहटको एक सामुदायिक विद्यालयमा तोडफोड


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटको गरुडास्थित एक सामुदायिक विद्यालयमा तोडफोड भएको छ।

रौतहटको गरुडा नगरपालिका वडा नं २ श्री माध्यमिक विद्यालय गेडही गुठ्ठिमा विद्यार्थीहरुद्वारा आइतबार तोडफोड गरेका हुन् ।

विद्यालयले वितरण गर्ने छात्रवृत्तिलगायत आर्थिक हिनामिना गरेको तथा कक्षाको रोल नम्बर तलमाथी गरेको बिषयलाई लिएर आक्रोशित विद्यार्थीहरुले तोडफोड गरेका हुन ।

सात कक्षादेखि नौ कक्षासम्म कक्षा रजिस्ट्रारमा नाम तलमाथी गर्ने गरेको विद्यार्थीहरुले गुनासो छ। साथै समयमा कक्षा शुरु नहुँदा र शिक्षक शिक्षिका कक्षामा समयमा नआउँदा विद्यार्थीहरु मार्कामा परेको विद्यार्थीहरुले बताएका छन् । पढाइ लथालिङ्ग भएको भन्दै आक्रोशित विद्यार्थीले तिड्फोड गरेका हुन ।

त्यस्तै यस आर्थिक वर्ष पनि खाजाको पैसा ,छात्रवृत्तिको पैसा आएको तर अझैसम्म पनि पैसा बितरण गरेको छैन । सोही विद्यालयका प्रध्यनध्यापक रेनु गुप्तालाई समेत विद्यार्थीहरुले घेराउ गरेका थिए ।

विद्यालय ब्यपस्थापन समिति र प्रधानाध्यापक रेनु कुमारी गुप्ताको मिलोमतोमा छात्रवृत्ति लगायतमा आएको रकम बिल भर्पाई गरी पैसा निकालेको प्रमाण आफूहरुसँग रहेको भन्दै विद्यार्थीले आक्रोस पोखेका छन् ।

विद्यालयको कक्षा कोठाको तोडफोडले विद्यालयमा पाँच लाख भन्दा बढी क्षति पुगेको छ । सचेत गराउदा पनि आफुहरुको सुनुवाइ नभएपछि तोडफोड गर्नुपरेको विद्यार्थीहरुको भनाई छ ।

प्रमोद सहनीबाट

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ९ : २८ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको