जङ्गली हात्तीले ३६ घर भत्कायो « Khabarhub

जङ्गली हात्तीले ३६ घर भत्कायो


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- १५ दिनयता उदयपुरको तराई क्षेत्र बेलका नगरपालिका, चौदण्डी नगरपालिका र त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न वडामा जङ्गली हात्तीले ३६ घर भत्काएको छ ।

१५ दिनयता निरन्तररूपमा बेलकाका आम्बासी तथा भागलपुर क्षेत्रमा जङ्गली हात्तीले दश घर भत्काएको र स्थानीयवासीको झण्डै पचासौँ मुरी धानसहितका अन्नसमेत खाइदिएको आम्बासीका दुर्गाप्रसाद खनालले बताए ।

यस्तै चौदण्डीको हँडिया र सुन्दरपुर क्षेत्रमा जङ्गली हात्तीले सात घर भत्काएको छ भने २५ मुरीभन्दा बढी भकारीको धानसमेत नष्ट गरिदिएको हँडियाका देवीलाल चौधरीले बताए ।

त्रियुगाका वडा नं १ जोगिदह, २ को मोथ्याई, खैजनपुर, वडा नं ३ को चाप, ४ को बगाहा र वडा नं ५ को चुरेक्षेत्रको श्रीपुर क्षेत्रमा १७ घर हात्तीले भत्काइदिएको छ भने अन्नबालीसमेत खाइदिएको श्रीपुरका पिडीत लक्ष्मण काफ्लेले बताए ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  १० : ३२ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको