बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रारविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रारविरुद्ध भ्रष्टाचार मुद्दा


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार तुलबहादुर श्रेष्ठसहित ४ जनाविरुद्ध ५ लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले रजिस्ट्रार श्रेष्ठसहित आर्थिक प्रशासन प्रमुख रुपा सिंघाची अग्रवाल, सिनियर कलर्कद्वय चन्द कुमार मगर र रमेश कुमार खतिवडाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

अख्तियारले गरेको छानबिनका क्रममा रजिस्ट्रार श्रेष्ठसहित आर्थिक प्रशासन प्रमुख रुपा सिंघाची अग्रवाल, सिनियर कलर्कद्वय चन्द कुमार मगर र रमेश कुमार खतिवडाले बिना कुनै बिल र भर्पाइ लिइ जीबन पौडेलको नाममा चेक जारी गरी ५ लाख ५० हजार रुपैयाँ बराबरको सरकारी रकम हिनामिना गरेको देखिएको छ ।

अख्तियारले चारै जनाविरुद्ध ५ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी बिगो अनुसार जरिवाना र २ वर्ष ६ महिनासम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  १ : १५ बजे

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको