युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन « Khabarhub

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन


१४ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको युएईमा तैनाथ युक्रेनी ड्रोन प्रतिरोधी प्रणाली नष्ट गरेको बताएपछि युक्रेनले यसको खण्डन गरेको छ ।

इरानी सेनाले यसअघि युएइमा रहेको युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा क्षति पु¥याएको दावी गरेको थियो । युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता जर्जी टाइकीले भने, ‘यो झुट हो, हामी यो सूचनाको आधिकारिक रूपमा खण्डन गर्छौं ।’

युक्रेनले युद्धमा रूसले प्रयोग गरेका इरानी डिजाइनबा ड्रोनहरूलाई आक्रमण गर्नबाट रोक्न ड्रोन प्रतिरक्षा प्रणाली विकास गरेको थियो । अहिले युद्धमा हतियार उपलब्ध गराएको युक्रेनको मुख्य सहयोगी अमेरिकालाई मध्यपूर्वमा सहयोग गर्न र खाडी मुलुकमा रहेका अमेरिकी सेनाको सुरक्षाका लागि ड्रोन प्रतिरोधी प्रणाली उपलब्ध गराएको इरानको दावी रहेको छ।

युक्रेनले अमेरिकी सेनाका आधार शिविर रहेका खाडी देशहरूमा सुरक्षाका लागि उक्त प्रणाली उपलब्ध गराउन त्यस क्षेत्रका युएई, साउदी अरब, कतारलगायतका देशलाई उक्त प्रणाली दिन सम्झौता गरेको समाचारहरू बाहिरिएका समय युक्रेनी ड्रोन प्रतिरोधी प्रणाली नष्ट गरेको दावी र यसको खण्डन आएका हुन् ।

इरानको केन्द्रीय सैन्य कमान्डले खातम अल–अनबियाले युएईको एउटा डिपो ध्वस्त पारेको बताएपछि युक्रेनी विदेशमन्त्रीले आफ्नो प्रणालीमा केही नभएको दावी गरेका हुन् ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ८ : १५ बजे

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

विद्युत् पोलका कारण निर्माणको काम नरोकिने समझदारी बन्यो : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विकास निर्माण कार्यमा