पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय « Khabarhub

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई फांसी (मृत्युदण्ड)को सजाय सुनाइएको छ ।

मुशर्रफ भने अहिले पाकिस्तानमा छैनन् । उनी दुबईमा आफ्नो उपचार गराइरहेका छन् ।

पाकिस्तानको इतिहासमा पहिलोपटक लाहोर उच्च अदालत ३ जना न्यायाधीशको इजलाशले राष्ट्रप्रमुख भइसकेको व्यक्तिलाई मृत्युदण्डको फैसला सुनाएको हो ।

मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको कसुरमा दोषी पाइएको हो ।

सन् २००७ मा देशमा संकटकाल लगाएको अभियोगमा मुशर्रफविरुद्ध सन् २०१३ मा मुद्दा दर्ता भएको थियो । मुशर्रफलाई ३१ मार्च २०१४ मा अदालतले उक्त प्रकरणमा दोषी ठहर गरेको थियो ।

पाकिस्तानी सेनाका प्रमुख मुशर्रफले सन् १९९९ मा नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए । मुशर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  १ : २६ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका