पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय « Khabarhub

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई फांसी (मृत्युदण्ड)को सजाय सुनाइएको छ ।

मुशर्रफ भने अहिले पाकिस्तानमा छैनन् । उनी दुबईमा आफ्नो उपचार गराइरहेका छन् ।

पाकिस्तानको इतिहासमा पहिलोपटक लाहोर उच्च अदालत ३ जना न्यायाधीशको इजलाशले राष्ट्रप्रमुख भइसकेको व्यक्तिलाई मृत्युदण्डको फैसला सुनाएको हो ।

मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको कसुरमा दोषी पाइएको हो ।

सन् २००७ मा देशमा संकटकाल लगाएको अभियोगमा मुशर्रफविरुद्ध सन् २०१३ मा मुद्दा दर्ता भएको थियो । मुशर्रफलाई ३१ मार्च २०१४ मा अदालतले उक्त प्रकरणमा दोषी ठहर गरेको थियो ।

पाकिस्तानी सेनाका प्रमुख मुशर्रफले सन् १९९९ मा नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए । मुशर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  १ : २६ बजे

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार