बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण « Khabarhub

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा एकवटा जर्सी गाई घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार बिहान करिब ६ बजेर ४० मिनेटमा चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको बाघले राप्ती नगरपालिका–१ निवासी ६० वर्षीय ठाकुर अधिकारीलाई आक्रमण गर्दा उनी सामान्य घाइते भएका हुन् । 

घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ । उक्त बाघले सोही स्थान निवासी दिला कुमारी तामाङको गोठमा रहेको जर्सी गाईलाई समेत आक्रमण गरी घाइते बनाएको थियो ।

बाघ नियन्त्रणका लागि निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी प्राविधिकहरूले हात्तीसहितको टोली खटेको थियो ।

उक्त टोलीले बाघलाई करिब साढे ११ बजे सफलतापूर्वक नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको छ । 

पछिल्लो समय चितवनको मध्यवर्ती तथा बस्ती नजिकका क्षेत्रमा बाघ देखिने र मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै गएको भन्दै स्थानीयवासीले सुरक्षा व्यवस्थापनमा थप ध्यान दिन सम्बन्धित निकायसँग माग गरेका छन् ।
 

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  १२ : ३० बजे

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी