घुस लिएको आरोपमा गुठी संस्थानका प्रशासक र उपप्रशासक पक्राउ « Khabarhub

घुस लिएको आरोपमा गुठी संस्थानका प्रशासक र उपप्रशासक पक्राउ


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुठी संस्थानका प्रमुख नारायण चौधरी र जयप्रसाद रेग्मी पक्राउ

काठमाडौंको त्रिपुरेश्वरस्थित गुठी संस्थानका प्रमुख (प्रशासक) नारायणप्रसाद चौधरी र उपप्रशासक जयप्रसाद रेग्मी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले चौधरी र रेग्मीलाई त्रिपुरेश्वरस्थित गुठी संस्थाको कार्यालयबाटै पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले चौधरी र रेग्मी पक्राउ परेको पुष्टि गरे ।

अख्तियार स्रोतका अनुसार जग्गासम्बन्धी विवादमा घुस रकम लिएको अभियोगमा चौधरी र रग्मीलाई पक्राउ गरिएको हो ।

उनीहरुले जग्गासम्बन्धी विवाद मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए । तर, अख्तियारको टोलीले निगरानी गरिरहेको जानकारी पाएपछि घुस लिनेवित्तिकै फिर्ता गरेका थिए ।

अख्तियारका प्रवक्ता कोइरालाले चौधरी र रेग्मीले घुस माग गरेको तथा घुस रकम लिएको अन्य प्रमाणा प्राप्त भएकाले मंगलबार दिउँसो दुवैजनालाई पक्राउ गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ३ : ४५ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका