पीपीएल: बाबर हायतको उत्कृष्ट ब्याटिङमा चितवन विजयी « Khabarhub

पीपीएल: बाबर हायतको उत्कृष्ट ब्याटिङमा चितवन विजयी


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोजले घरेलु टोली पोखरा पल्टनमाथि ६ विकेटको जीत हात पारेको छ ।

पोखराले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको चितवनले १४.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो ।

पोखरा क्रिकेट मैदानमा भएको खेलमा चितवनको जीतमा बाबर हायातले उत्कृष्ट ब्याटिङ गरे । उनले ४२ बलको सामना गर्दै ६ चौका र ४ छक्काको मद्दतमा ६६ रन बनाए ।

यस्तै, चितवनका लागि सन्नी पटेलले २२ र रोहन मुस्तफाले ११ रन बनाएका थिए । चितवनविरुद्ध पोखराका बलर राशिद खान र सर्वजित लद्दाले समान २-२ विकेट लिए ।

यसअघि पोखराले निर्धारित २० ओभर पुरा खेल्दै सबै विकेट गुमाएर १ सय ७ रन मात्रै बनाउन सकेको थियो । पोखराका लागि कप्तान शरद भेषावकरले ४५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले खुलेर ब्याटिङ गर्न सकेनन् ।

यसैगरी पोखराका लागि कुसल मल्ल १३, राशिद खान, आरिफ शेख र रविइन्दर सिंहले समान १०–१० रनको योगदान गरेका थिए ।

पोखराविरुद्ध चितवनका बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै पोखरालाई कम योगफलमा रोके । जसमा रोहन मुस्तफा, भुवन कार्की र सन्नी पटेलले समान २–२ विकेट लिए भने करण केसी, विक्रम शोव र पारस खड्काले समान १–१ विकेट लिएका थिए ।

पोखरामाथि जित हात पारेको चितवन राइनोजले १ खेलबाट २ अंक जोडेको छ भने पराजित भएको पोखराको २ खेलमा २ अंक रहेको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ४ : ०४ बजे

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि