पूर्व सभासद रामेश्वर ढुंगेलको निधन « Khabarhub

पूर्व सभासद रामेश्वर ढुंगेलको निधन


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसका नेता एवं तत्कालीन संविधानसभा सदस्य सूर्यविनायक नगरपालिका–५ कटुञ्जे निवासी रामेश्वर ढुङ्गेलको ६० वर्षको उमेरमा आज निधन भएको छ ।

मस्तिष्कघात भएपछि गत आइतबारदेखि शिक्षण अस्पताल महाराजगञ्जको सघन उपचार कक्षमा उपचारत उहाँको आज दिउँसो ३ः१५ बजे निधन भएको स्थानीयवासी रामहरि थापाले जानकारी दिए ।

विसं २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा भक्तपुर क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित ढुङ्गेलको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने स्व ढुङ्गेलका भतिजा रञ्जनराज ढुङ्गेलले जानकारी दिए ।

विसं २०१६ असार २९ गते कटुञ्जेमा जन्मनु भएका उनले २०४० सालदेखि राजनीतिमा सक्रिय रहँदै २०४३, २०४८ र २०५४ सालमा तत्कालीन कटुञ्जे गाविसका अध्यक्षसमेत निर्वाचित हुनु भएको थियो ।

उनले कटुञ्जे घट्टेखोला खानेपानी आयोजनाको अध्यक्ष भएर कटुञ्जेका बासिन्दालाई खानेपानी खुवाएपछि उनलाई पानी पिताका रुपमा समेत स्थानीयवासीले मान्दै आएका थिए ।

गणेशमान स्मृति वाटिका प्रतिष्ठानका अध्यक्षसमेत रहनु भएका ढुङ्गेलका तीन छोरा छन् भने श्रीमती सुशीलाको गतवर्ष निधन भएको थियो । ढुङ्गेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली कांग्रेस भक्तपुरले श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ४ : ४५ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको