सरस्वतीलाई हराउँदै ‘एनआरटी’को विजयी शुरुवात « Khabarhub

सरस्वतीलाई हराउँदै ‘एनआरटी’को विजयी शुरुवात


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) ले विजयी  शुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा सरस्वती युथ क्लबमाथि ४–० गोलको फराकिलो जित हात पार्दै एनआरटीले सुखद शुरुवात गरेको हो ।

एनआरटीको जितमा सरोज तामाङले दुई गोल, जुनियर ओन्गुएने निकेन्ग्यु र जोर्डन एनडेम्बाले समान एक–एक गोल गरे ।

जुनियर ओन्गुएने निकेन्ग्युले खेलको ४० औं मिनेटमा र तामाङले खेलका ६९ औं मिनेट र ८१ औं मिनेटमा गोल गरेका थिए भने जोर्डनले खेलको अन्तिम मिनेटमा गोल गर्दै टिमलाई ४–० गोल अन्तरको जित हात पारे ।

राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक राजुकाजी शाक्यले नेतृत्व गरेको एनआरटीले सरस्वतीलाई पराजित गर्दै नयाँ यात्रा सुरु गरेको छ । अघिल्लो सिजनमा एनआरटी लिगको अन्तिममा रहेको थियो ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ५ : ३३ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको