कर्णाली प्रदेश सरकारको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ शुभारम्भ « Khabarhub

कर्णाली प्रदेश सरकारको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ शुभारम्भ


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश सरकारले ल्याएको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम शुभारम्भ भएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज कालीकोटको सदरमुकाम मान्ममा खाँडाचक्र नगरपालिका–२ मान्म कालीकोट निवासी दर्शना दमाईका चार महिने छोरी जानकारी परियार र सोही नगरपालिका–१ का रतना सुनारका दुईमहिने छोरी जमुना सुनारलाई बैँक खाता खोल्न रु एक हजारको चेक दिएर कार्यक्रम शुभारम्भ गरेका हुन् ।

शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीका छोरीको सामाजिक न्यायका लागि सरकारले यो विशेष कार्यक्रम ल्याएको बताए ।

उनले भने, “कालीकोट मुलुकको सबैभन्दा गरीब जिल्ला हो । यही गरीब जिल्लाकी भाग्यमानी छोरी जानकी र जमुनाबाट यहाँ छोरीको उज्ज्वल भविश्य निर्माणका लागि छोरी सुरक्षा कार्यक्रमको आरम्भ गरेका छौँ ।”

विकासका साथै गरिबी अन्त्यका निम्ति प्रदेश सरकार निरन्तर अघि बढेको बताउँदै मुख्यमन्त्री शाहीले छोरी सुरक्षा कार्यक्रमले लैङ्गिक हिंसा अन्त्य हुने विश्वास दिलाए । उनले भने, “महिला तथा दलितहरु लक्षित परीक्षण परियोजना पनि सरकारले अगाडि बढाएको छ । प्रदेश सरकार दीर्घकालीन रुपमा प्रभाव पार्ने ठोस योजना निर्माणतर्फ केन्द्रित छ ।”

यस प्रदेशका ७९ स्थानीय तहमा एक/एक नमुना विद्यालय निर्माण, पर्यटन वर्ष तथा यहाँका १७ लाख ७० हजार नागरिकको विपद् जोखिम बीमा कार्यक्रम शुभारम्भ गरिएको उनले बताए ।

कार्यक्रमले छोराकै निम्ति गर्भमै छोरीको भ्रूण हत्या गर्ने, आमाहरुलाई हिंसामा पार्ने र छोरी भएर जन्मेकामा आत्मग्लानी गर्ने गलत संस्कृतिको अन्त्य हुनेछ । यसबाट अब छोराछोरी बराबरी हुन् भन्ने सन्देश प्रवाह हुने र छोरी जन्मदा खुशी बन्ने संस्कारको विजारोपण हुनेछ ।

सामाजिक विकास मन्त्री दल रावलले मानव पूँजी विकासमा प्रदेश सरकार निरन्तर लागेको बताए । उनले चालू आव साउन १ गतेदेखि जन्मेका छोरीका निम्ति पहिलो किस्ताबापत रु तीन करोड ८४ लाख प्रदेश स्थानीय सरकारहरुलाई हस्तान्तरण गरिसकिएको बताउँदै एक घरको दुई बालिकालाई खाता खोल्न रु एक हजार र प्रतिमहिना रु ५०० का दरले २० वर्षसम्म सरकारले बचत गरिदिने जनाए ।

यसअघि छोरी बुहारी छात्रवृति कार्यक्रमबाट कर्णालीका दुई सय महिलालाई प्रदेश सरकारले सेवा दिएको उनको भनाइ थियो । प्रदेश सरकारले सुत्केरी पोषण कोशेली कार्यक्रम पनि शुरु गरिसकेको छ ।

प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं प्रवक्ता बिमला केसीले छोरी सुरक्षा कार्यक्रमको शुभारम्भले जीवनमा सबैभन्दा ठूलो खुशी मिलेको बताइन् ।

“प्रदेश सरकारको यस कार्यक्रमले अब छोरीलाई पेटभित्र मार्ने, बालविवाह तथा लैङ्गिक हिंसा हुने परिवेशको अन्त्य, रोजगारीको सिर्जना र सामाजिक सुरक्षा हुन्छ,” प्रवक्ता केसीले भनिन् ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ७ : २६ बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला