बिचौलियाका कारण वैदेशिक रोजगारीमा जाने श्रमिक पीडामा « Khabarhub

बिचौलियाका कारण वैदेशिक रोजगारीमा जाने श्रमिक पीडामा


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ट्रेड युनियन (जिफन्ट)ले बिचौलियाका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले थप पीडा खेपिरहेको जनाएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा लागू गरेको नियम वैदेशिक रोजगार व्यवयासीले पालना नगरेको आरोप लगाए ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको भविष्यमाथि बिचौलिया खेलवाड गरिरहेको प्रति सरकार मौन बसेको समेत उनले आरोप लगाए ।

‘सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा लागत निःशुल्क गरे पनि म्यानपावर व्यवसायीले देशअनुसार कामदारसँग मनोमानी पैसा असुलिरहेका छन् ।’ उनले भने, श्रमिकको भविष्यमाथि खेलवाड गर्नेमाथि कारवाही गर्ने सरकार चुकेको छ । जसका कारण यो क्षेत्रमा समस्या झन थपिँदै गएको छ ।’

कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई सरकारले वेवास्ता गरिरहेको नेपाल रिटर्नी माइग्रेसनका अध्यक्ष उत्तम अधिकारीले बताए ।

सरकारले विदेशीबाट फर्किएका कामदारको सिपलाई पहिचान गर्न नसक्दा उनीहरु पुन रोजगारीका लागि विदेशिन बाध्य हुनुपरेको उनको भनाइ थियो ।

उनले विदेशबाट फर्किएका कामदारलाई सरकारले सिपको पहिचान गरेर आन्तरिक बजारमा खपत गराउन माग गरे ।

जिफन्टले श्रम आप्रवासन, बाध्यात्मक होइन इच्छाको विषय बनाउन सरकारसँग माग गरेको छ । जिफन्टले जहाँ श्रमिक त्यहाँ जिफन्ट भने नाराका साथ यो वर्षको आप्रवासन दिवस मनाइरहेको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ७ : ३८ बजे

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको