सडकमा अण्डा फुटाएर प्रदर्शनमा उत्रिए किसान « Khabarhub

सडकमा अण्डा फुटाएर प्रदर्शनमा उत्रिए किसान


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- आपूर्तिकर्ताहरुले आफूखुशी अण्डाको मूल्य तय गरेको भन्दै अण्डा उत्पादक किसानले भरतपुरको चौबिसकोठीमा अण्डा फुटाएर प्रदर्शन गरेका छन् ।

अण्डा उत्पादक संघले तोकेको मूल्यभन्दा कम मूल्य राखी आपूर्तिकर्ताहरुले खरिद गर्ने गरेको र बिक्री गर्दा महँगोमा गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनअगाडि रहेको गेष्टहाउस चौरबाट शुरु भएको विरोध प्रदर्शन चौबिसकोठीमा पुगेर अण्डा फुटाएर टुङ्गिएको थियो ।

नेपाल अण्डा उत्पादक संघ केन्द्रीय कार्यसमितिको आयोजनामा १५ पेटी अण्डा फोरेको अण्डा उत्पादक संघका केन्द्रीय कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए । उनले बिचौलिया आफैँले अण्डाको मूल्य निर्धारण गरेर अण्डाको मूल्य घटाएको र पाँचजना किसानलाई प्रहरीले पक्राउ गरेको विरोधमा सडकमै अण्डा नष्ट गरेको जानकारी दिए ।

उनीहरुले जिल्ला प्रहरी कार्यालय परिसरअगाडि गेष्टहाउस चौरबाट चौबिसकोठीसम्म नाराबाजी गर्दै ¥यालीसमेत निकालेका थिए ।

उनीहरुले ‘किसानमारा बिचौलिया मुर्दावाद’, ‘अण्डा उत्पादक किसानमाथिको हस्तक्षेप बन्द गर’, ‘देशभरिबाट गिरफ्तार किसान तुरुन्त रिहा गर’ लगायतका नारा लगाएका थिए ।

चितवनमा करिब ४०० जना अण्डा उत्पादक किसान रहेका छन् ।

केही दिनअघि पोल्ट्री व्यवसायी मञ्चमा तोडफोड गरेको अभियोगमा कुखुरा पाल्ने पाँचजना कृषकलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ८ : १८ बजे

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार