अपांग बालबालिकाहरुका लागि निशुल्क घुम्ती शिविर सञ्चालन « Khabarhub

अपांग बालबालिकाहरुका लागि निशुल्क घुम्ती शिविर सञ्चालन


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटको कुशे गाउँपालिकामा अपांग बालबालिकाहरुको सहयोगका लागि निशुल्क घुम्ती शिविर सञ्चालन गरिएको छ ।

गाउँपालिकाको आयोजना, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा पहाडी क्षेत्र विकास अभियान जाजरकोटको सामाजिक परिचालनमा घुम्ती शिविर सञ्चालन गरिएको हो ।

शारिरिक रुपले अपाङ्ग बालबालिकाहरुको स्वास्थ्य परीक्षण, अपाङ्ग पहिचान तथा परिचयपत्र वितरण गर्न निशुल्क घुम्ती शिविर संचालन गरिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

गाउँपालिकाको घरंगा र टापुचौरमा संचालन गरिएको निशुल्क घुम्ती शिवीरमा १८ बर्ष मुनिका २ सय ४८ जना अपाङ्ग बालबालिकाहरुको सहभागिता रहेको थियो ।

शिवीरमा १ सय ३९ जना बालक र १ सय ९ जना बालिकाहरुले भाग लिएका थिए । शिवीरबाट ‘क’ बर्गको अपाङ्गता परिचयपत्र लिनमा १ जना, ‘ख’ बर्गको अपाङ्गता परिचयपत्र लिनेमा १४, ‘ग’ बर्गको अपाङ्गता परिचयपत्र लिनेमा १६ जना र ‘घ’ बर्गको अपाङ्गता परिचयपत्र लिनेमा २२ जना गरि जम्मा ५३ जनाले अपाङ्गता परिचयपत्र पाएका छ्न भने, ८ जनाले सहायक सामाग्री पाएका छ्न ।

सहायक सामाग्रीको लागि नेपाल समाज कल्याण संघले सहयोग गरेको छ भने, ५८ जनालाई बाहिर रिफर गरिएको गाउँपालिकाले जनाएको छ ।

मंसिर २९ गते घरंगा र ३० गते टापुचौरमा संचालन गरिएको निशुल्क घुम्ती शिवीरको विधिवत उद्घाटन गाउँपालिकाका अध्यक्ष बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ८ : ३२ बजे

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।