नेस्ले इन्डियाद्वारा नेपालमा “सर्भ सेफ फूड” प्रोजेक्ट शुरु « Khabarhub

नेस्ले इन्डियाद्वारा नेपालमा “सर्भ सेफ फूड” प्रोजेक्ट शुरु


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेस्ले इन्डियाले नेपालमा सर्भ सेफ फूड प्रोजेक्ट शुरु गरेको छ ।

नेपाल खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग, नेपाल पर्यटन बोर्ड र नेशनल एसोसिएसन अफ स्ट्रीट भेन्डर अफ इन्डियाको सहकार्यमा सर्भ सेफ फूड प्रोजेक्ट शुरु भएको हो ।

यो प्रोजेक्ट अन्तर्गत नेपालमा खाद्य सुरक्षा र स्वच्छता सम्बन्धी करिब ५०० स्ट्रीट फूड विक्रेताहरुलाई तालिम दिइनेछ । यो परियोजनालाई सर्वप्रथम भारतमा सन् २०१६ मा संचालनमा गरिएको थियो जहाँ ४ वर्षको अवधिमा २० हजार स्ट्रीट फूड विक्रेताहरुलाई १७ वटा स्थानहरुमा तालिम दिइएको थियो ।

प्रोजेक्ट सर्भ सेफ फूड स्ट्रीट फूड विक्रेताहरुलाई स्वस्थ, स्वच्छ, सुरक्षित खाना ह्यान्डलिंग, फोहोर व्यवस्थापन र उद्यमशीलता शिक्षा र प्रशिक्षणमा केन्द्रित छ ।

कार्यक्रममा नेपाल खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभागकी महानिर्देशक डा. माटीना जोशीले भनिन्, “सफा, सुरक्षित र स्वच्छ खाना मानिसहरुका लागि निकै महत्वपूर्ण छ । ज्ञान र सीपका साथ स्ट्रीट फूड विक्रेताहरुलाई सशक्तिकरण गरे खाद्य सुरक्षाको प्रतिबद्धतामा लामो यात्रा तय गर्नेछौं ।”

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले सर्भ सेफ फूड परियोजनाले नेपालको खाद्यान्न सुरक्षा पूर्वाधारको विकास र सुद्ढढीकरणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेस्ले इन्डियाका कर्पोरेट अफेयर्सका निर्देशक सञ्जय खजुरियाले भने, “नेस्लेको गुणस्तर जीवनको वृद्धि र स्वस्थ भविष्यका लागि योगदान पुर्याउने उद्देश्यका साथ नेपाल खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभाग, नेपाल पर्यटन बोर्ड र नेशनल एसोसिएसन अफ स्ट्रीट भेन्डर अफ इन्डियाको सहकार्यमा सर्भ सेफ फूड परियोजना शुरु गर्न पाउँदा हामी निकै खुशी छौं । प्रोजेक्टले नेपालमा विक्रेता समुदायको क्षमता निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।”

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ८ : ४३ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि