राष्ट्र बैंकद्वारा वैदेशिक रोजगार बचतपत्र बिक्री शुरु « Khabarhub

राष्ट्र बैंकद्वारा वैदेशिक रोजगार बचतपत्र बिक्री शुरु


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले रु २० करोड बराबरको ‘वैदेशिक रोजगार बचतपत्र, २०८१’ आजदेखि बिक्री शुरु गरेको छ ।

वार्षिक १० प्रतिशत ब्याज दिने गरी बैंकले उक्त बचतपत्र बिक्री गर्न लागेको हो । उक्त बचतपत्र यही पुस २१ गतेसम्म बिक्री हुने बैंकले जनाएको छ ।

बैंकले घटीमा रु पाँच हजारदेखि बढीमा रु पाँच हजारले भाग गर्दा निशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक, गैरआवासीय नेपाली नागरिकका आफन्त एवम् परिवारले खरिद गर्न पाउनेछन् ।

बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत पाउने व्यवस्था गरिएको छ । बचतपत्रको ब्याजमा कर लाग्ने भए पनि ६/६ महिनामा खरिदकर्ताले आफैँले वा इच्छाएको व्यक्तिलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  १० : ३० बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका