आयल निगमले बढायो डिजेल र मट्टीतेलको भाउ, कस्को कति पुग्यो ? « Khabarhub

आयल निगमले बढायो डिजेल र मट्टीतेलको भाउ, कस्को कति पुग्यो ?


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

निगमले मंगलबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको खुद्रा मूल्यमा प्रतिलिटर १ रुपैयाँ बढाएको हो।

योसँगै काठमाडौं, सुर्खेत र दिपायलमा डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य ९८ रुपैयाँ प्रतिलिटर कायम भएको छ, भने पोखरा र दाङमा ९७ रुपैयाँ ५० पैसा तथा तराईमा ९६ रुपैयाँ ५० पैसा कायम भएको निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढ्दा खरिद मूल्य बढेको र ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ८ : ५५ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका