आयल निगमले बढायो डिजेल र मट्टीतेलको भाउ, कस्को कति पुग्यो ? « Khabarhub

आयल निगमले बढायो डिजेल र मट्टीतेलको भाउ, कस्को कति पुग्यो ?


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

निगमले मंगलबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको खुद्रा मूल्यमा प्रतिलिटर १ रुपैयाँ बढाएको हो।

योसँगै काठमाडौं, सुर्खेत र दिपायलमा डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य ९८ रुपैयाँ प्रतिलिटर कायम भएको छ, भने पोखरा र दाङमा ९७ रुपैयाँ ५० पैसा तथा तराईमा ९६ रुपैयाँ ५० पैसा कायम भएको निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढ्दा खरिद मूल्य बढेको र ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ८ : ५५ बजे

राजेश हमालको फिल्ममा लगानी गर्ने भन्दै भ्रष्टाचार, पालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं- महानायक राजेश हमालको निर्देशनमा फिल्म बनाउन लागेको भन्दै भ्रष्टाचार

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

एजेन्सी– चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको