अर्थमन्त्री खतिवडा र बेलायतका राजदूतबीच शिष्टाचार भेट « Khabarhub

अर्थमन्त्री खतिवडा र बेलायतका राजदूतबीच शिष्टाचार भेट


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडा र  नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेट वार्ता भएको छ ।

भेटका अवसरमा नेपाल–बेलायत सम्बन्धका साथै आपसी हित र चासोका साझा विषयमा विचारविमर्श भएको हो ।

अर्थमन्त्रीले भूकम्पपछिको पुनर्निर्माणका लागि बेलायत सरकारबाट प्राप्त सहयोगका निम्ति धन्यवाद ज्ञापन गर्दै नेपालको सामाजिक–आर्थिक विकासको कार्यसूची, आर्थिक स्थिति, सङ्घीयता कार्यान्वयनमा भएका प्रगति, व्यापारको अवस्था राजश्व परिचालन र सङ्कलनमा भएका सुधारबारे जानकारी दिए ।

उनले बेलायतसँग दोहोरो कर उन्मुक्ति सम्झौताको प्रक्रिया अघि बढाइएको, लगानीको वातावरणमा सुधार भएकाले बेलायतका लगानीकर्तालाई पर्यटन, जलविद्युत्, सडक लगायतमा लगानी गर्न आग्रह गरे।

नेपालको निर्यात वृद्धिका लागि सहजीकरण गर्न बेलायत सरकारलाई अनुरोध पनि अर्थमन्त्रीले गर्नाका साथै नेपाल भ्रमण वर्ष २०२० मा बढीभन्दा बढी बेलायती पर्यटकलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्न आग्रह गरे ।

राजदूत पोलिटले नेपाल सरकारको प्राथमिकताअनुसार बेलायत सरकारले आगामी दिनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ९ : ३० बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका