घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक पक्राउ « Khabarhub

घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक पक्राउ


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थान त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–१ मा रहेको जग्गासम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गर्नका लागि घुस लिएको पाइएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुलाई घुस लिएको अभियोगमा नियन्त्रणमा लिइएको हो । आयोगले प्रमुख प्रशासनक र उपप्रशासकले के कति रकम लिएको भन्ने बारेमा केही खुलाएको छैन । आरोपीद्वयको अनुसन्धान जारी रहेको आयोगको भनाइ छ ।

यस्तै आयोगले जिल्ला मालपोत कार्यालय धादिङका तत्कालीन मालपोत अधिकृत कुशध्वज खत्री, नायब सुब्बाद्वय शम्भुनारायण राजभण्डारी र अनन्तराज सत्याल, तत्कालीन सर्वेक्षक विश्वकुमार बस्नेत र अमिन भीमप्रसाद श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सरकारी स्रेस्ता गैरकानूनी रुपमा सच्याई पदीय दुरुपयोग गरेको उनीहरुमाथि आरोप लागेको छ । आयोगले मालपोत अधिकृत खत्री, नासुद्वय राजभण्डारी र सत्याल, सर्वेक्षक बस्नेत र श्रेष्ठविरुद्ध रु नौ लाख चार हजार ५०० बराबरको बिगो कायम गरेको छ । यस्तै जग्गाधनी नानु अधिकारी र अशोक अधिकारीको हकमा पनि सोही बराबरको बिगो कायम गरिएको छ ।

आयोगले आजै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, आर्थिक प्रशासन प्रमुख रुपा सिङ्घाची अग्रवाल र सिनियर क्लर्कद्वय चन्द्रकुमाुर मगर र रमेशकुमार खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बिल भरपाइसमेत नराखी प्रतिष्ठानको रकम हिनामिना गरेको उनीहरुमाथि आरोप लागेको छ । आयोगले उनीहरुविरुद्ध रु पाँच लाख ५० हजार बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ९ : २३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै