लागुऔषधसहित नागढुङ्गाबाट चार जना पक्राउ | Khabarhub Khabarhub

लागुऔषधसहित नागढुङ्गाबाट चार जना पक्राउ


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रहरीले काठमाडौँको नागढुङ्गाबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले  सडकमा जाँच गर्ने क्रममा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

रौतहटको गौरबाट काठमाडौँ आउँदै गरेको ना५ख ३०२० नम्बरको यात्रुवाहक बसमा सवार काठमाडौँ महानगरपालिका–१६ मनमैजुका परिमोल तामाङ र सुशील श्रेष्ठ तथा रौतहटका कोमल मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुका साथबाट अवैध लागुऔषध डाइजेपाम, फेनारगन र नुरफ्रिन गरी ९९ एम्पुल बरामद् गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।

शनिवार नै वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बा५ख ६०९५ नंको यात्रुवाहक बसमा जाँच गर्ने क्रममा बसमा सवार काठमाडौँ साँखु लप्सीफेदीका शम्भु स्याङ्बोलाई पनि सोही ठाउँबाट लागुऔषधसहित पक्राउ गरेको कार्यालयले जनाएको छ ।

उनको साथबाट लागुऔषध नाइट्राभेट ११५ थान र डाइजेपाम, फेनारगन र नुरफ्रिन ९८ एम्पुल बरामद् गरी गरिएको छ । पक्राउ परेकाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ८ : ५३ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ