‘दाल, भात, तरकारी’को शीर्ष गीतमा पुष्प र आँचलको रोमान्स « Khabarhub

‘दाल, भात, तरकारी’को शीर्ष गीतमा पुष्प र आँचलको रोमान्स


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘दाल, भात, तरकारी’ को शीर्ष गीत रिलिज गरिएको छ । काठमाडौंमा शुक्रवार एक औपचारिक कार्यक्रमको आयोजना गरेर फिल्मको गीत तथा भिडियो सार्वजनिक गरियो ।

मह सञ्चारको ब्यानरमार्फत शीर्ष गीत सार्वजनिक गरिएको हो ।

पुष्प खड्का, आँचल शर्मा, हरिवंश आचार्य र निरुता सिंहको मुख्य भूमिका रहेको गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् ।

गीतको कुरा गर्नुपर्दा गीतमा राजेश पायल राई र स्मिता दाहालको स्वर सुन्न सकिन्छ भने रिकेश गुरुङको एरेन्ज छ । यस्तै गीतमा संगीत शम्भुजित बास्कोटाले दिएका छन् भने गीतका शब्दलाई हरिवंश आचार्यले लेखेका हुन् ।

एक सामान्य नागरिकले दाल, भात र तरकारी खान गर्ने दुःखलाई कमेडी शैलीमा कथानक बनाइएको यो फिल्ममा सुदन केसीको निर्देशन छ । फिल्मलाई हरिवंश आचार्यले लेखेका हुन् ।

मह सञ्चारको ब्यानरमा बनेको यो फिल्म अर्को वर्षको वैशाख २० गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  १२ : १६ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली