स्वस्थ्य जीवनशैली– के खाने, कसरी खाने ? « Khabarhub

स्वस्थ्य जीवनशैली– के खाने, कसरी खाने ?


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानव शरिरलाई स्वास्थ्य राख्न, शक्ति प्रदान गर्न, शारीरिक तथा मानसिक विकास गर्न र रोग विरुद्ध लड्ने क्षमता वृद्धि गर्नका लागि पोषक तत्वहरुको आवश्यकता पर्दछ । ती पोषक तत्वहरु सहि र सन्तुलित मात्रामा हाम्रो खानेकुरामा हुनु नै स्वस्थ खाना हो । स्वस्थ्य जीवनयापनका लागि स्वस्थ्य खाना हुनु जरुरी हुन्छ ।

पोषक तत्वले गर्ने काम

– कार्बोहाइड्रेट–शरिरलाई शक्ति/ऊर्जा दिने काम गर्छ ,

– प्रोटिन–शरिरको वृद्धि, विकास र मर्मत सम्भार गर्ने काम गर्छ,

– चिल्लो पदार्थ–शरिरलाई शक्ति/ऊर्जा दिने काम गर्छ,

– भिटामिन–रोग विरुद्ध लड्ने क्षमता बढाउँछ,

– फाइबर–आन्द्रलाई राम्रोसँग काम गराउन मद्धत गर्दछ,

– खनिज पदार्थ–दाँत, हड्डी तथा मांसपेशीहरु स्वस्थ्य राख्न मद्धत गर्छ ।

स्वस्थ खाना– के खाने, कसरी खाने ?

– प्रशस्त मात्रामा सागसब्जी, फलफुल,बदाम, भटमास, गेडागुडी र दाल प्रयोग गर्ने,

– नुनको प्रयोग काम गर्ने र आयोडिनयुक्त नुनको मात्रै प्रयोग गर्ने,

– प्रोटिनयुक्त खानाको (गेडागुडी, दाल, दूध, माछामासु आदि) प्रयोग गर्ने,

– मदिरा र सूर्तिजन्य पदार्थको सेवन नगर्ने,

– भिटामिन, फाइबर र खनिजयुक्त पदार्थको प्रयोग गर्ने,

– प्रसस्त मात्रामा पानी पिउने,

– पत्रु खानाहरुको प्रयोग नगर्ने । घरैमा पकाएर खानेकुराहरुलाई बढावा दिने ।

– बच्चा, महिला तथा वृद्धवृद्धाहरुलाई दूध तथा दूधबाट बनेका परिकारहरु खाने ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  १२ : २९ बजे

पदमार्गले जोडिए व्यास र बन्दीपुरका घरबास

डुम्रे– पदमार्गले तनहुँका दुई पालिकाका घरबास (होमस्टे) जोडिएका छन् ।

मिर्गौला पीडितहरूद्वारा सहयोगको याचना

गलकोट– मिर्गौलामा समस्या देखिँदा मनिषा १७ वर्षकी थिइन् । उनी

सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश राउतसँग अलग्गै वार्ता

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार सर्वोच्च अदालत पुगेकी छन् ।

प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी

नारायणगढ– हालै प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको देवघाटमा यस वर्ष

बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा हालै पदोन्नति भएका सहायकरथीत्रय