जेनेरल मोटर्सले बन्द गरेको कारखाना तत्काल खोल्न ट्रम्पको आह्वान | Khabarhub Khabarhub

जेनेरल मोटर्सले बन्द गरेको कारखाना तत्काल खोल्न ट्रम्पको आह्वान


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल निर्माता कम्पनी जेनेरल मोटर्सलाई ओहायो राज्यमा रहेको आफ्नो कारखाना तत्काल शुचारु गर्न आह्वान गरेका छन् । शनिबार राष्ट्रपति ट्रम्पले ट्विट गर्दै ओहायो राज्यको लर्ड्सटाउन शहरमा दश दिन अघि देखि बन्द रहेको जेनेरल मोटर्सको कारखाना सक्दो छिटो सञ्चालन गर्न आग्रह गरेका हुन् ।

उक्त कारखानाले दश दिनअघि आफ्नो अन्तिम उत्पादन शेर्भल्ट क्रुज निर्माण गरेको थियो । त्यसपछि जेनेरल मोटर्सको कारखानाले आफ्नो उत्पादन बन्द गरिसकेको छ । जेनेरल मोटर्सले उत्तर अमेरिकी महादेशमा रहेका आफ्ना ५ कारखाना बन्द गर्ने घोषणा अनुसार बन्द गरिएको यो पहिलो कारखाना हो । त्यसबाहेक कम्पनीले अमेरिकामा शेर्भल्ट क्रुज मोटर उत्पादन नगर्ने समेत घोषणा गरिसकेको छ ।

ट्विटमा ट्रम्पले अमेरिकी अर्थतन्त्र राम्रो रहेकाले अर्कै उत्पादन शैली अपनाएर वा नयाँ साहूको मातहतमा तत्काल कारखाना खोल्नुपर्ने जनाएका छन् ।

ट्रम्पले ट्विटमा अमेरिकामा जापानी अटोमोबाइल निर्माता कम्पनी टोयोटाले १३ अर्ब ५० करोड डलरभन्दा धेरै लगानी गर्न लागिरहेकाले जेनेरल मोटर्सले पनि त्यसै गर्नुपर्ने जनाएका हुन् ।

पाँच वर्षको अवधीमा टोयोटाले अमेरिकामा करिब १३ अर्ब डलर बराबरको लगानी गर्न लागेको बताइएको छ ।

जेनेरल मोटर्सले स्वचालित तथा विद्युतीय गाडी उत्पादन गर्नका लागि उत्तर अमेरिकामा आफ्नो कम्पनीलाई पुनर्गठन गर्न लागेको र त्यसैअनुसार अर्को वर्षको शुरुसम्म क्रमैसँग उत्तर अमेरिकामा रहेका पाँच कारखाना बन्द गर्न लागेको घोषणा गरिसकेको छ ।

कम्पनीको यो घोषणाबाट १४ हजारभन्दा धेरै कामदारले जागिर गुमाउनेछन् ।

जेनेरल मोटर्सले त्यस कारखाना सँधैका लागि वा केही समयका लागि बन्द गर्नेबारे केही खुलाएको छैन । यद्यपि जेनेरल मोटर्सको त्यस कारखाना सञ्चालन गर्न अधिकारीले एक वा बढी साहूहरुसँग छलफल गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  १ : १५ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य