जेनेरल मोटर्सले बन्द गरेको कारखाना तत्काल खोल्न ट्रम्पको आह्वान « Khabarhub

जेनेरल मोटर्सले बन्द गरेको कारखाना तत्काल खोल्न ट्रम्पको आह्वान


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल निर्माता कम्पनी जेनेरल मोटर्सलाई ओहायो राज्यमा रहेको आफ्नो कारखाना तत्काल शुचारु गर्न आह्वान गरेका छन् । शनिबार राष्ट्रपति ट्रम्पले ट्विट गर्दै ओहायो राज्यको लर्ड्सटाउन शहरमा दश दिन अघि देखि बन्द रहेको जेनेरल मोटर्सको कारखाना सक्दो छिटो सञ्चालन गर्न आग्रह गरेका हुन् ।

उक्त कारखानाले दश दिनअघि आफ्नो अन्तिम उत्पादन शेर्भल्ट क्रुज निर्माण गरेको थियो । त्यसपछि जेनेरल मोटर्सको कारखानाले आफ्नो उत्पादन बन्द गरिसकेको छ । जेनेरल मोटर्सले उत्तर अमेरिकी महादेशमा रहेका आफ्ना ५ कारखाना बन्द गर्ने घोषणा अनुसार बन्द गरिएको यो पहिलो कारखाना हो । त्यसबाहेक कम्पनीले अमेरिकामा शेर्भल्ट क्रुज मोटर उत्पादन नगर्ने समेत घोषणा गरिसकेको छ ।

ट्विटमा ट्रम्पले अमेरिकी अर्थतन्त्र राम्रो रहेकाले अर्कै उत्पादन शैली अपनाएर वा नयाँ साहूको मातहतमा तत्काल कारखाना खोल्नुपर्ने जनाएका छन् ।

ट्रम्पले ट्विटमा अमेरिकामा जापानी अटोमोबाइल निर्माता कम्पनी टोयोटाले १३ अर्ब ५० करोड डलरभन्दा धेरै लगानी गर्न लागिरहेकाले जेनेरल मोटर्सले पनि त्यसै गर्नुपर्ने जनाएका हुन् ।

पाँच वर्षको अवधीमा टोयोटाले अमेरिकामा करिब १३ अर्ब डलर बराबरको लगानी गर्न लागेको बताइएको छ ।

जेनेरल मोटर्सले स्वचालित तथा विद्युतीय गाडी उत्पादन गर्नका लागि उत्तर अमेरिकामा आफ्नो कम्पनीलाई पुनर्गठन गर्न लागेको र त्यसैअनुसार अर्को वर्षको शुरुसम्म क्रमैसँग उत्तर अमेरिकामा रहेका पाँच कारखाना बन्द गर्न लागेको घोषणा गरिसकेको छ ।

कम्पनीको यो घोषणाबाट १४ हजारभन्दा धेरै कामदारले जागिर गुमाउनेछन् ।

जेनेरल मोटर्सले त्यस कारखाना सँधैका लागि वा केही समयका लागि बन्द गर्नेबारे केही खुलाएको छैन । यद्यपि जेनेरल मोटर्सको त्यस कारखाना सञ्चालन गर्न अधिकारीले एक वा बढी साहूहरुसँग छलफल गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  १ : १५ बजे

बजेटमा कोशी : भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता, निजी क्षेत्र पनि उत्साहित

विराटनगर – आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई विशेष प्राथमिकता

स्वास्थ्यमा बजेट बढ्यो, तर हिस्सेदारी घट्यो : यी हुन् प्राथमिकतामा परेका २५ बुँदा

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य तथा

बजेटमा सुदूरपश्चिम : पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म

महेन्द्रनगर – सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास

वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको

बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक समृद्धिको केन्द्र बनाइने

बागमती – सरकारले बजेटमा बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक