बाढीबाट इण्डोनेशियामा ६३ जनाको मृत्यु « Khabarhub

बाढीबाट इण्डोनेशियामा ६३ जनाको मृत्यु


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जकर्ता– इण्डोनेशियाको सुदूर पूर्वी पापुवा प्रान्तमा भारी वर्षासँगैको बाढीमा कम्तीमा ६३ जनाको मृत्यु भएको छ ।

पापुवा प्रान्तको राजधानी जयपुरा नजिकै रहेको सेन्टानी शहरमा भारी वर्षासँगै बाढी आएको स्थानीय अधिकारीले जनाएका छन् । बाढीबाट अरु दर्जनौँ घाइते भएका छन् ।

बाढीबाट प्रभावित १ सय जनाभन्दा धेरैलाई रेडक्रस तथा स्वयंसेवीको सहकार्यमा सरकारी निकायले मद्दत गरिरहेको बताइएको छ ।

बाढीबाट अझै केही मानिसहरु हराइरहेको आशंकामा खोजी तथा उद्धार कार्य जारी रहेको र थप केही शव फेला पर्नसक्ने भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने स्थानीय अधिकारीले जनाएका छन् ।

बाढीले अन्य भौतिक पूर्वाधारमा क्षति पु¥याएको र विमानस्थलमा रहेको विमानमा समेत क्षति पुगेको छ ।

बाढीले ९ घर २ पुल तथा नजिकै विमास्थलमा राखिएको ट्विन अटर विमानमा क्षति पुगेको छ । विमानमा क्षति पुगेपनि सेन्टानी शहरको मुख्य विमानस्थल भने सञ्चालन मै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ३ : ०२ बजे

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

देशको नाम शुद्ध नबोलेकी जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले संसदीय सुनुवाइमा के भनिन् ?

काठमाडौँ – जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले मंगलबार

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण