रिस्क लिएर ‘ड्रिम प्रोजेक्ट’ बनाउँदै दीपेन्द्र, हिँडेर अमेरिका जाने कथामा कलाकार खोज्दै | Khabarhub Khabarhub

रिस्क लिएर ‘ड्रिम प्रोजेक्ट’ बनाउँदै दीपेन्द्र, हिँडेर अमेरिका जाने कथामा कलाकार खोज्दै


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘पशुपतिप्रसाद’ बनाएपछि निर्देशक दीपेन्द्र के. खनाललाई जीवन्त फिल्म बनाउने निर्देशकका रुपमा पनि केही फिल्मकर्मीले अ‍र्थ्याए । दीपेन्द्र के. खनाल भने व्यावसायिक र कलात्मक दुवै खाले फिल्म निर्देशन गरिरहेका हुन्छन् ।

पछिल्लो समय उनले निर्देशन गरेको फिल्म ‘चंगाचेट’ त्यस्तै मसालेदार व्यावसायिक फिल्म थियो ।

यतिबेला भने दीपेन्द्र आफ्नो ड्रिम प्रोजेक्टमा जुटेका छन् । निर्देशक खनालले आफू यतिबेला हिँडेर अमेरिका जाने कथामा फिल्मको स्किृप्ट लेखिरहेको बताए । यो उनको ड्रिम प्रोजेक्ट पनि हो । लगानीका हिसाबले मात्र होइन, मेकिङका हिसाबले पनि फिल्म बनाउन निकै गाह्रो हुने उनले सुनाए ।

‘अहिले फिल्मको स्किृप्ट लेखिरहेको छु, यही स्किृप्टका लागि धेरै मान्छे भेट्नुपर्‍यो, कथाको विषयका कारणले नै फिल्म लेखनमा पनि समय लाग्यो,’ निर्देशन खनालले खबरहबलाई सुनाए, ‘वास्तविक जीवनमा यात्रा जसरी हुन्छ, त्यसरी नै फिल्ममा अभिनय गर्ने कलाकार चाहिएको छ, ‘मेथड एक्टर’को खोजीमा छौँ हामी ।’

उनका अनुसार यो फिल्ममा कुनै स्टारडम बनाएका कलाकार हुने छैनन् । तर, फिल्ममा अभिनय गर्ने पात्र वास्तविक अभिनय गर्न शारीरिक र मानसिक रुपमा परिवर्तन भइरहनुपर्ने अवस्था आउँछ ।

फिल्म बनाउन भने निकै गाह्रो र उत्तिकै जोखिम देखिएको निर्देशक खनालले बताए । ‘फिल्मका लागि कलाकार त्यही अनुसार पाउनुपर्‍यो, म यही फिल्मका लागि आफूलाई सोहीअनुसार चेन्ज गर्छु भन्ने खालको हुनुप–यो ।’, उनले भने ।

‘यो फिल्मलाई म सक्दो वास्तविकता दिएर बनाउने प्रयासमा छु, जे हुन्छ, त्यही भोगाइ खिच्ने योजना छ, कोलम्बिया लगायतका केही देशका केही ठाउँमा खिच्न निकै जोखिम छ,’ दीपेन्द्रले भने, ‘अर्कातिर रुटभन्दा बाहिर गएर खिच्न मन छैन, फिल्म चाहिँ पक्का बन्छ ।’

दीपेन्द्र के. खनालको फेसबूकबाट

यो फिल्म निर्माण गर्दा उत्तिकै जोखिम पनि रहेको दीपेन्द्रले सुनाए । उनका अनुसार केही रुटमा यस्ता पनि ठाउँ छन्, जुन ठाउँहरु ‘ड्रग माफिया’ले कब्जा गरेका छन् ।

‘ड्रग माफियाले समाएर राख्न पनि सक्छ, रिस्क मोलेर बनाउने हो, अमेरिका जान खोज्ने उज्यालो पाटोको भित्र कालो पाटो पनि छ भनेर हामीले देखाउन खोजेका हौँ,’ दीपेन्द्रले थपे, ‘हिँडेर अमेरिका जान्छु भन्ने एउटा ठूलो वर्ग तम्तयार छ, उनीहरुका लागि एउटा म्यासेज पनि हुनेछ ।’

एउटा म्यासेज दिने खालको फिल्म बनाउन खोज्दा सरकार तथा विकास बोर्डले सहयोग गर्ला कि भन्ने झिनो आशा राखेको पनि उनले बताए । किनकि, यो क्षेत्र सुरक्षाका हिसाबले पनि उत्तिकै जोखिमपूर्ण छ ।

उनले यो फिल्म बनाउन समय लाग्ने तर राम्रो बनाउने दाबी गरे । साथै उनले फिल्मको नाम अझै तय नगरेको पनि बताए । उनले भने, ‘मिडियामा ‘हिँडेर अमेरिका’ भनेर फिल्मको नाम भनिएको छ, तर हामीले नाम अझै नाम गरेका छैनौँ ।’

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ३ : १७ बजे

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु