एचआईभी संक्रमितको पीडा: छाक टार्नै मुस्किल छ, कसरी खानु पोसिलो खाना ? « Khabarhub

एचआईभी संक्रमितको पीडा: छाक टार्नै मुस्किल छ, कसरी खानु पोसिलो खाना ?


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीका एचआइभी सङ्क्रमितले पोसिला खानेकुरा खान पाएका छैनन् । पोसिलो खानाको अभावमा एचआइभी संक्रमितले खाली पेट औषधि (एआरटी) खानुपर्ने बाध्यता छ । एचआइभी संक्रमितले आजीवन एआरटी औषधि खानुपर्ने हुन्छ । एचआएइभी संक्रमितलाई पोसिलो खानाको आवश्यक पर्छ । तर दैनिक पेटभर्न समेत उनीहरुलाई मुस्किल छ ।

‘एचआइभी कै कारण श्रीमान् बिते, छोराछोरी सानै छन्, घरमा कमाउने मान्छै कोही छैन,’ एकजना एचआइभी संक्रमितले भनिन्, ‘एकछाक टार्न समस्या छ कसरी पोसिलो खाना खान पाउँनु ?’

घरमा खानलाउन नै समस्या भएपछि कैलालीका एचआइभी संक्रमितका छोराछोरीले सहज वातावरणमा पढ्न समेत पाएका छैनन । आफूलाई एचआइभी भएर कमजोर बनेकै कारण कलिलै उमेरका छोराछोरीलाई काममा पठाउनु परेको अर्की एक संक्रमितले बताइन् ।

उनले भनिन्, ‘यहाँ म जस्ता धेरै महिलाले चाहेर पनि आफ्ना छोराछोरीलाई पठाउन पाएका छैनन्, हामीलाई त कसरी छाक टार्ने भन्ने चिन्ता छ, छोराछोरीका कापी कलम कहाँबाट किन्नु, आफूले काम गर्न सकिंदैन, त्यसैले उनीहरुलाई नै काम गर्न पठाउँनु पर्छ ।’

कैलालीमा ३ हजार ५ सय ५३ जना एचआइभी सङ्क्रमित रहेको तथ्याङ्क छ । सेती अञ्चल अस्पताल धनगढी र टीकापुर अस्पतालमा सङ्क्रमितको उपचारका लागि एआरटी सेन्टर सञ्चालित छ ।

सेती अञ्चल अस्पतालमा २ हजार ७ सय ६७ र टीकापुर अस्पतालमा ७ सय ६५ जना एचआइभी सङ्क्रमित दर्ता रहेका छन् । सेती अस्पतालमा एआरटी सेवा लिनेमा ३ सय २४ पुरुष, ३ सय ९८ महिला, ३२ बालिका र ३८ बालक रहेका एड्स हेल्थ केयर फाउण्डेशनका एआरटी काउन्सिलर ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

त्यस्तै, ४सय ७१ जनाले टीकापुर अस्पतालबाट नियमित एआरटी सेवा लिइरहेका छन् । काउन्सिलर मीनबहादुर बोहराका अनुसार सेवा लिनेमा ३ सय महिला, ४४ बालबालिका र १ सय २७ पुरुष छन् ।

कैलालीमा पुरुष भन्दा सङ्क्रमित महिलाको सङ्ख्या धेरै छ । एचआइभी परिक्षण नै नभइ एड्स भएर धउरैका पतिको मृत्यु भएपछि एचआएभी संक्रमित एकल महिलाहरुको संख्या धेरै छ । उनीहरुको अवस्था दयनीय छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : १५ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको