धुलिखेलबाट हावामा उड्दै पाँचखाल पुग्न पाइने ! « Khabarhub

धुलिखेलबाट हावामा उड्दै पाँचखाल पुग्न पाइने !



काठमाडौं– काभ्रेपलाञ्चोकको धुलिखेल भन्नासाथ सबैको दिमाग आउँछ– पिकनिक स्पोर्ट । घुम्न र पिकनिकमा रमाउनका लागि वर्षेनी हजारौं आन्तरिक र बाह्य पर्यटकको यहाँ पुग्ने गर्छन् ।

काठमाडौंबाट छोटो दूरीमा रहेको पर्यटकीय नगरी पनि हो- धुलिखेल । यहाँ  बन्जी, सुकुटे लगायत एड्भेन्चर स्पोर्टसका प्रशस्त क्षेत्र छन् । अब उक्त स्थानमा घुम्न जानेहरुले अर्को पनि सुविधा लिन पाउने भएका छन् । त्यो हो-  ‘साहसिक खेल जीपलाइन’ ।

काभ्रेपलाञ्चोककोे धुलिखेल नगरपालिका–८ थाक्लेडाँडादेखि पाँचखाल नगरपालिका–५ खावासम्म ११ सय मिटरको दूरीमा जीपलाईनमा रमाउन पाइन्छ ।  धुलिखेलतिरको भागमा टेकअप पोइन्ट र पाँचखालपतिरको भागमा ल्यान्डिङ पोइन्ट छ ।

वल्र्ड वाइड एड्भेन्सर प्रा.ली ले १५ दिघ अघि जीपलाइन खेल शुरुगरेसँगै त्यस क्षेत्रको जीपलाइनमा रमाउनेहरुको भीड लाग्ने गरेको छ । अन्य दिनभन्दा शनिबार त्यहाँ बढी भीड हुन्छ ।

गएको शनिबार पनि थाक्लेडाँडामा मानिसहरुको निकै भीडभाड देखिन्थ्यो । खेल खेल्नका लागि जानेहरु उत्साहित देखिन्थे भने अवलोकन गर्न जानेहरुमा पनि छुट्टै उमंग थियो ।

जीपलाइन सञ्चालनमा आएसँगै यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटककोे आकर्षणको केन्द्रविन्दु बनेको छ । जीपलाइन खेलमा विदेशी पर्यटकहरु आउने क्रम पनि बढिरहेको संचालकको भनाइ छ ।

जीप लाइनमा रमाउनेहरुका लागि सञ्चालकले तीन प्रकारका खेलहरुको सुविधा प्रदान गर्दै आएको छ । जसमा क्लासिक जीपलाईन (एक जना), कपल जीपलाइन (दुई जना) र सुपरम्यान जीप लाइन (सुतेर) छन् । जुन रोजी छानी खेल्न पाइन्छ ।

जीपलाईनमा एउटा टावरदेखि अर्कौ टावरसम्म पुग्न १ मिनेट २० सेकेण्ड लाग्नेभए पनि मानिसको तौल र रक्तचापमा समेत निर्भर रहने हुँदा समय घटबढ हुनसक्ने सञ्चालक केदार थापाले जानकारी दिए ।

खेल सञ्चालनमा ल्याएको १५ दिनमा ३ सय भन्दा बढी पर्यटकले साहसिक खेल जीपलायइबाट खेलको मज्जा लिइसकेका छन् ।

तत्कालका लागि तीन तरिकाका जीपलाईन सञ्चालनमा ल्याइए पनि केही समयपछि बालबालिकाका लागि पनि नयाँ खेलको सुरुवात गर्ने अर्का सञ्चालक भुपेश श्रेष्ठले बताए ।

‘हामीले अहिले सञ्चालनमा ल्याएको जीपलाइन १६ वर्ष उमेर समूह माथिकाहरुले मात्रै खेल्न मिल्छ,’ श्रेष्ठले भने, ‘तर बालबालिकाले पनि यस खेलको मज्जा लिउन् भनेर हामीले बालबालिकाका लागि सानो जीपलाइन, हनुमान ब्रिज, फ्लाइङ्ग ब्रिज, टायर ब्रिज सञ्चालन गर्ने योजना बनाएका छौं, बालबालिकाको लागि जीपलाइन निर्माणको काम भइरहेको छ ।’

पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै जीपलाइन निर्माण शुरु गरेको थापाले जानकारी दिए ।

‘नेपालमा केही हुँदैन, केही गर्न सकिँदैन भन्ने भ्रम छ, त्यो भ्रमलाई चिर्न हामी दुई युवा मिलेर नेपालमै केही गरौं भन्ने सोचेर जीपलाईन निर्माण गरेका छौं,’ थापा भन्छन्, ‘हामीले पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै गरेर यो संचालनमा ल्याएका हौं, यो जीपलाइन खेलमा बिदेशी पर्यटकको पनि आकर्षण बढ्छ भन्ने हाम्रो विश्वास छ ।’

जीपलाइन खेलमा सुरक्षालाई ध्यान दिँदै खेलमा सहभागी हुने व्यक्तिका लागि दुर्घटना भएमा ५ लाखसम्मको बीमाको समेत व्यवस्था गरिएको थापाको भनाइ छ ।

उड्नका लागि कति शुल्क ?

साहसिक खेल जीपलाइनमा तीन प्रकारका खेल छ । तीनै प्रकारका खेलमा आन्तरिक र बाह्य पर्यटकका लागि खेलको शुल्क पनि फरक–फरक तोकिएको छ ।

नेपाली नागरिकका लागि क्लासिक जीपलाईनका लागि २ हजार ५ सय, कपल जीपलाइनका लागि ४ हजार ५ सय र सुपरम्यान जीप लाइनका लागि ३ हजार ५ सय नेपाली रुपैयाँ लाग्नेछ ।

यस्तै सार्क मुलुकका पर्यटकका लागि क्लासिक, कपल र सुपरम्याप जीपलाईनमा क्रमशः ३ हजार, ४ हजार र ५ हजार शुल्क तोकिएको छ भने, अन्य मुलुकका पर्यटकले क्रमशः ३ हजार ५ सय, ४ हजार ५ सय र ६ हजार शुल्क तिर्नुपर्ने व्यवस्था छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ४ : ०० बजे

छोटो समयमै मुलुकलाई परिवर्तन गर्ने क्षमता राप्रपामा छ : राजेन्द्र लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको समस्याको समाधान

इंग्ल्याण्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको

आदिवासी जनजातिको हकहित स्थापित गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले आदिवासी जनजाति समुदायको हकहित र अधिकार

अन्तर्राष्ट्रिय डेरी एक्पो भरतपुरमा शुरु

काठमाडौं– चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय डेरी एक्पो शुरु भएको छ ।  

इंग्ल्याण्डको छैठौँ विकेट पतन, नन्दन यादवले लिए ह्यारी ब्रुकको विकेट

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको