सीके राउतको बैठकमा पहिलोपटक बज्यो– सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली… « Khabarhub

सीके राउतको बैठकमा पहिलोपटक बज्यो– सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली…


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– मधेसलाई टुक्र्याएर अलग्गै देश बनाउने भनेर पृथकतावादी गतिविधिमा सक्रिय भएका सीके राउतले पहिलोपटक आफू नेतृत्वको गठवन्धनमा राष्ट्रिय गान बजाएका छन् ।

आइतवार सिरहाको लहानमा बोलाइएको ‘स्वतन्त्र मधेस गठवन्धन’को राष्ट्रिय परिषद बैठक राष्ट्रिय गान ‘सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली…’ गाएर शुरु गरियो । परिषद बैठकको शुरुमै नेपाली भेषमा सजिएका पञ्चकन्याले राष्ट्रिय गान गाएका थिए ।

सरकारसँग भएको ११ बुँदे सम्झौता गर्दै राउत नेतृत्वको गठवन्धनले पृथकतावादी आन्दोलन परित्याग गर्ने घोषणा गरेको थियो । सरकारसँग भएको ११ बुँदे सम्झौताबारे छलफल गरेर आगामी रणनीति तयार गर्न आइतबार र सोमबारका लागि लहानमा परिषद बैठक बोलाइएको हो ।

परिषदमा सहभागी हुन सदस्यहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र बोकेर ल्याउन उर्दी जारी गरिएको थियो । परिषदको बैठक हलमा छिर्नका लागि नागरिकता परीक्षण गरेर मात्रै जानदिने व्यवस्था गरिएको जनाइएको छ ।

आइतवार शुरु भएको बैठकमा गठवन्धनको केन्द्रीय तदर्थ समितिका सदस्यसहित तराईंका सबै जिल्लाका जिल्ला संगठन सहयोजकहरु सहभागी छन् ।

परिषद वैठकलगत्तै गठवन्धनले विस्तारित बैठक समेत आह्वान गर्ने जनाइएको छ । त्यसपछि संयोजक राउत लगायत गठवन्धनका केन्द्रीय नेताहरुले भेटघाट कार्यक्रम शुरु गर्नेछन् ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : ०२ बजे

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको