अस्थायी शिक्षकद्वारा शिक्षामन्त्री पोखरेलको राजीनामा माग « Khabarhub

अस्थायी शिक्षकद्वारा शिक्षामन्त्री पोखरेलको राजीनामा माग


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् । आइतबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरुद्ध प्रर्दशन गरेका उनीहरुले आफूहरुको माग सुनुवाई नगरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलको राजीनामा माग गर्दै चर्का नाराबाजी गरेका हुन् ।

१५ वर्षभन्दा बढी सरकारी सेवामा बिताएका अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरुले आफूहरुलाई स्वतः स्थायी गर्न माग गर्दै करिव २ महिनायता काठमाडौं लगायत देशभर सरकारविरुद्ध धर्ना, विरोध प्रर्दशन गर्दै आएका छन् ।

उनीहरुले आफूहरुको माग सम्बोधन नगरे सरकारविरुद्ध सामूहिक राजीनामा दिने लगायतका आन्दोलनका कडा कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि दिँदै आएका छन् । नेपालमा हाल करिव ४० हजार अस्थायी शिक्षक रहेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : ३८ बजे

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)