मालीमा बन्दुकधारीको आक्रमण, १६ सैनिक मारिए | Khabarhub Khabarhub

मालीमा बन्दुकधारीको आक्रमण, १६ सैनिक मारिए


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माली– पश्चिम अफ्रिकी मुलुक मालीमा बन्दुकधारीले सेनाको शिविरमा आक्रमण गर्दा कम्तीमा १६ सैनिकको मृत्यु भएको छ । मालीको मध्य भागमा रहेको मोप्टि क्षेत्रस्थित डिओउरा भन्ने स्थानमा बन्दुकधारीले सैनिक शिविरमा आक्रमण गरेका हुन् ।

आक्रमणपछि केही समय बन्दुकधारीले त्यस सैनिक शिविर आफ्नो नियन्त्रणमा लिएका थिए । आक्रमणका क्रममा बन्दुकधारीले सेनाका ५ सवारी समेत नष्ट गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणमा कसको संलग्नता छ भन्ने स्पष्ट भइसकेको छैन । यद्यपि पछिल्ला केही वर्षयता मालीको उत्तरी तथा मध्य भागमा आतंकवादी संगठन अल कायदासम्बद्ध लडाकुहरु सक्रिय छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : ०३ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले