पाकिस्तानको रेलमा आक्रमण, ४ जना मारिए « Khabarhub

पाकिस्तानको रेलमा आक्रमण, ४ जना मारिए


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– पाकिस्तानको पश्चिमी बलोचिस्तान प्रान्तमा एउटा रेलमा बम विष्फोट हुँदा कम्तीमा ४ जनाको ज्यान गएको छ । बलोचिस्तानको डेरा मुराद जमिल क्षेत्रमा लिकमा राखिएको बम विष्फोट भएको हो ।

आक्रमणमा मारिनेमा एक महिला तथा उनकी एकजना छोरीसमेत रहेको अधिकारीले जनाएका छन् । आक्रमणमा अरु ६ जना घाइते भएका छन् । आक्रमणकारीले रेलको लिकमा बम राखेको र बम राखिएको स्थान माथिबाट रेल गुड्नेबेला विष्फोट भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमण भएको रेल पाकिस्तानको रावलपिण्डीबाट बलोचिस्तानको राजधानी क्वेट्टा शहर जाँदै गरेको जाफर एक्सप्रेस रहेको बताइएको छ ।
विष्फोटनको चपेटामा परेको रेलको एक भागमा क्षति पुगेको छ ।

आक्रमणको तत्काल जिम्मा कसैले लिएको छैन । यद्यपि बलोचिस्तानमा पृथकतावादी लडाकुहरुले त्यहाँ बेलाबेला सैनिक तथा गैरसैनिक निशानालाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।

प्राकृतिक श्रोत साधनमा निकै धनी मानिने बलोचिस्तानमा पाकिस्तानले अत्यधिक शोषण गरिरहेको भन्दै त्यहाँ पृथकतावादी आन्दोलन चर्किँदै आएको छ । पाकिस्तानले बलोचिस्तानमा हुने पृथकतावादी गतिविधिमा भारतको हात रहेको आरोप लगाउँदै आएकोमा भारतले भने त्यसको खण्डन गर्ने गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : २९ बजे

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,