पाकिस्तानको रेलमा आक्रमण, ४ जना मारिए « Khabarhub

पाकिस्तानको रेलमा आक्रमण, ४ जना मारिए


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– पाकिस्तानको पश्चिमी बलोचिस्तान प्रान्तमा एउटा रेलमा बम विष्फोट हुँदा कम्तीमा ४ जनाको ज्यान गएको छ । बलोचिस्तानको डेरा मुराद जमिल क्षेत्रमा लिकमा राखिएको बम विष्फोट भएको हो ।

आक्रमणमा मारिनेमा एक महिला तथा उनकी एकजना छोरीसमेत रहेको अधिकारीले जनाएका छन् । आक्रमणमा अरु ६ जना घाइते भएका छन् । आक्रमणकारीले रेलको लिकमा बम राखेको र बम राखिएको स्थान माथिबाट रेल गुड्नेबेला विष्फोट भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमण भएको रेल पाकिस्तानको रावलपिण्डीबाट बलोचिस्तानको राजधानी क्वेट्टा शहर जाँदै गरेको जाफर एक्सप्रेस रहेको बताइएको छ ।
विष्फोटनको चपेटामा परेको रेलको एक भागमा क्षति पुगेको छ ।

आक्रमणको तत्काल जिम्मा कसैले लिएको छैन । यद्यपि बलोचिस्तानमा पृथकतावादी लडाकुहरुले त्यहाँ बेलाबेला सैनिक तथा गैरसैनिक निशानालाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।

प्राकृतिक श्रोत साधनमा निकै धनी मानिने बलोचिस्तानमा पाकिस्तानले अत्यधिक शोषण गरिरहेको भन्दै त्यहाँ पृथकतावादी आन्दोलन चर्किँदै आएको छ । पाकिस्तानले बलोचिस्तानमा हुने पृथकतावादी गतिविधिमा भारतको हात रहेको आरोप लगाउँदै आएकोमा भारतले भने त्यसको खण्डन गर्ने गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ६ : २९ बजे

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको