गायक आनन्द कार्कीको गीती गजल सार्वजनिक « Khabarhub

गायक आनन्द कार्कीको गीती गजल सार्वजनिक


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार तथा गजलकार सुदन डोटेलले नयाँ गजल संग्रह ‘चुपचाप छौ तिमी….’ बहारमा ल्याएका छन् । काठमाडौंमा भएको एक औपचारिक कार्यक्रममा वरिष्ठ संगीतकार शक्ति बल्लभ, संगीतकार राजु सिंह, गायक आनन्द कार्की, गायक सीताराम पोखरेल लगायतले संग्रहको लोकार्पण गरे ।

‘चुपचाप छौ तिमी…’ मा गायक आनन्द कार्कीले स्वर दिएका छन् । सरोज प्याकुरेलले संगीत भरेको उक्त गजलमा मनोहर सुनामको एरेन्ज छ भने भोला पौडेलले गजललाई रेकर्डिङ तथा मिक्सिङ गरेका छन् ।

संगीतकार प्याकुरेलको निर्देशनमा तयार भएको गजलको भिडियोमा अभिनेता श्रीदेव भट्टराई तथा अभिनेत्री सारिका घिमिरेको अभिनय छ । भिडियोमा गायक आनन्द कार्की गजलकारकै रुपमा प्रस्तुत भएका छन् ।

यस्तै भिडियोमा गीतकार डोटेल, अमुल अर्याल, रमेश भुर्तेल, यमुना अर्याल, मनु डोटेल, बिकास प्याकुरेल, भोला पौडेल, राज पाण्डे, हरि अधिकारी, धर्म न्यौपाने, अंकिता अधिकारी, अमित अर्याल, सुधांम्सु डोटेल आदि कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ११ : ०९ बजे

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट