राज्यकोषको चरम दोहन– विशिष्ट व्यक्तिको भ्रमणका नाममा एक महिना मै करोड खर्च | Khabarhub Khabarhub

राज्यकोषको चरम दोहन– विशिष्ट व्यक्तिको भ्रमणका नाममा एक महिना मै करोड खर्च



काठमाडौं– सरकारले विशिष्ट व्यक्तिको भ्रमणका नाममा चैत महिनामा मात्रै करिब एक करोड रुपैयाँ खर्च गरेको छ ।

चैत महिनामा मात्रै सरकारले ८२ लाख ७३ हजार ३ सय ९ रुपैयाँ विशिष्ट व्यक्तिको भ्रमणका लागि खर्च गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार भारतमा सम्पन्न भएको विश्व स्वास्थ्य संगठनको ७१ औँ क्षेत्रीय सम्मेलनमा सहभागी हुन गएका डाक्टर विकास देवकोटको दैनिक भ्रमण भत्ताका नाममा १ लाख ३७ हजार ८ सय ३७ रुपैयाँ खर्च भएको छ ।

त्यस्तै मानवअधिकार परिषद्को ४० औँ बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेतृत्वको सरकारी प्रतिनिधिमण्डलका लागि ४४ लाख ४१ हजार ७ सय ६७ रुपैयाँ दिइएको छ ।

भारतमा भएको ‘समिट अफ ग्लोबल डिजिटल हेल्थ पाटरनसिप’मा सहभागी हुन दिल्ली गएका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको भ्रमण दलका लागि २ लाख १ हजार ७ सय २ रुपैयाँ दिएको अर्थमन्त्रालयले जनाएको छ ।

सुरक्षण मुद्रण र दुरसञ्चार सम्बन्धी सम्मेलनमा सहभागी हुन फ्रान्सको पेरिस पुगेको सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा नेतृत्वको सरकारी भ्रमणका लागि २६ लाख १० हजार ९ सय ८४ रुपैयाँ भुक्तानी भएको छ । त्यस्तै कृषि राज्यमन्त्रीको गत महिना भएको इटाली भ्रमणमा ८ लाख ८० हजार १ सय १९ रुपैयाँ खर्च भएको छ ।

विदेश भ्रमणका लागि करिब एक करोड खर्च गरेको सरकारले आर्थिक सहायताका नाममा १ करोड ५१ लाख रुपैयाँ बाँडेको छ । अर्थ मन्त्रालयका अनुसार सुनसरी चतरामा चलिरहेको दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेलाका लागि भन्दै ५० लाख रुपैयाँ आर्थिक सहायता दिइएको छ ।

त्यस्तै १२ औँ राष्ट्रिय बौद्ध सम्मेलनको धर्मसभाका लागि १० लाख दिएको सरकारले शहिद क्याप्टेन यज्ञबहादुर थापाकी श्रीमतीलाई ३ लाख, हेटौँडाका तिलकबहादुर खड्कालाई ५ लाख, मोरङ उर्लाबारीका गोबिन्दराज गौतमलाई ७ लाख रुपैयाँसहित डेढ करोड आर्थिक सहायताका नाममा पैसा बाँडेको छ ।

सरकारी जग्गा अतिक्रमणबारे छानविन गर्न सरकारले गठन गरेको पूर्वसचिव शारदप्रसाद त्रिताल नेतृत्वको समितिलई समेत १७ लाख भन्दा बढी रकम निकासा गरेको छ ।

दैवी प्रकोप तथा राहत उद्धार कोषमा रहेको पैसाबाट काभ्रेको पाँचखालमा सडक निर्माण गर्न भन्दै २ करोड ८० लाख रुपैयाँ दिइएको छ ।

प्रधानमन्त्रीको गृहजिल्ला अन्तर्गतको आफ्नै निर्वाचन क्षेत्रमा समेत पर्ने पाडाजुँगी– गौरीगञ्ज सडकका नाममा ५ करोड रुपैयाँ दिएको सरकारले झापाको विर्तामोडदेखि भद्रपुरसम्मको सडकका लागि १० करोड, लक्ष्मीपुर–घैलाडुब्बा सडक खण्डका लागि ५ करोड रुपैयाँ रकमान्तर गरेको छ । यो रकम तराई मधेश सडक परियोजनाका लागि विनियोजन गरेको रकम समेत हो ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ११ : ३६ बजे

ताप्लेजुङको फुङ्लिङमा आगलागी, पाँच लाख बराबरको क्षति

ताप्लेजुङ–  ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहान एक घरमा आगलागी

जीर्ण कारागारमा कैदीको भीड, पक्की भवन रित्तै

ओखलढुङ्गा– ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदीबन्दी राख्न समस्या

साउदी प्रो लिग : रोनाल्डो सम्मिलित अल नासरको सहज जित

काठमाडौँ– साउदी प्रो लिगमा अल नासरले सहज जित निकालेको छ

परराष्ट्रमन्त्री साउद आज कतारको दोहा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रसाद साउद आज कतारको दोहा जाँदैछन् । डिसेम्बर

सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक : स्वास्थ्यमन्त्री

काभ्रे– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरूपमा सेवा प्रदान